२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

टर्कीमा आप्रावासी चढेको डुंगा पल्टिदा १६ को मृत्यु

२०८०, ३ चैत्र शनिबार ०३:१८

चैत ३, इस्तानवुल | टर्कीको तटीय क्षेत्रमा डुंगा पल्टिँदा १६ जना आप्रावासीको मृत्यु भएको छ । 

आप्रवासीहरूले भरिएको उक्त डुङ्गा टर्कीको उत्तरी एजियन तटबाट गुज्रिरहेको बेला भएको हो। यस दुखद घटनामा १६ जनाको मृत्यु भएको हो । 

टर्कीका कोस्ट गार्डले दुई जनालाई बचाउन भने सफल भएका छन् । यसबाहेक दुईजनाले आफै पौडी खेलेर ज्यान बचाउन सफल भएको टर्कीका सञ्चारमाध्यमले जनाएका छन ।

आप्रवासी बोकेको डुङ्गा रबरको बनेको अधिकारीहरूले बताएका छन्। यो डुङ्गामा कति यात्रु सवार थिए भन्ने कुराको हालसम्म पुष्टि भएको छैन । कोस्ट गार्डले घटनास्थलमा निरन्तर खोजी कार्य गरिरहेको छ ।

सरकारी एजेन्सी अनादोलुका अनुसार मृत्यु हुनेमा ४ बालबालिका पनि रहेका छन् । मृत्यु हुनेमा कुन देशका कति जनाको मृत्यु भएको छ ? यो जानकारी खुलाइएको छैन।

अनादोलुका अनुसार अहिले १० कोस्ट गार्ड डुङ्गा र २ वटा हेलिकप्टर खोजी कार्यमा जुटेका छन् । यति मात्र होइन, घटनास्थल नजिकैको बन्दरगाहमा धेरै एम्बुलेन्स पनि तैनाथ गरिएको छ ।

मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ । किनभने डुङ्गामा सवार आप्रवासीहरूको संख्या धेरै थियो। प्रारम्भिक जानकारी अनुसार ओभरलोड भएका र छालको ठक्करबाट डुंगा पल्टिएको अनुमान गरिएको छ ।

उक्त दुर्घटनापछि अहिले घटनास्थलमा शोक छ । टर्की कोस्ट गार्डले यस हप्ता टर्कीबाट डुङ्गामा छाडेका करिब ९३ आप्रवासीलाई समातेको बताएको थियो । सायद यी आप्रवासीहरू पनि टर्की छोड्न खोजिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी