३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

शराब घोटालाः दिल्लीका मुख्यमन्त्री केजरीवाल अदालतमा हाजिर, १५ हजारकाे जमानत

३ चैत्र २०८०, शनिबार ०६:०७

चैत ३, नयाँदिल्ली | मुख्यमन्त्री अरविन्द केजरीवाल हाजिरीका लागि दिल्लीको राउज एभिन्यू अदालत पुगेका छन् । 

बहस सुरु हुनेबित्तिकै उनले जमानत पाएका थिए । उनलाई १५ हजारको व्यक्तिगत धरौटीमा जमानत दिइएको हो । यो मुद्दा ईडी याचिकासँग सम्बन्धित छ। जसमा उनलाई मार्च ७ मा अदालतमा उपस्थित हुन समन जारी गरिएको थियो ।

रुस एभिन्यू अदालतमा शुक्रबारसुनुवाइ भएको थियो । यस क्रममा अदालतले केजरीवाललाई हाजिर हुन भनेको थियो । वास्तवमा दिल्लीका मुख्यमन्त्रीले व्यक्तिगत रूपमा उपस्थित नहुनको लागि छुट मागेका थिए।

ईडीले केजरीवाललाई अहिलेसम्म ८ वटा समन जारी गरेको छ । केजरीवाल एकपटक पनि एजेन्सीमा उपस्थित भएनन् । यसपछि अनुसन्धान एजेन्सीले केजरीवालविरुद्ध अदालतमा दुईवटा उजुरी दायर गरेको थियो।

अदालतको बहसः

अदालतः के अभियुक्त हाजिर छन् ?

गुप्ताः  हो, उनी अदालतमा छन् र तपाईं जमानतको आदेश दिन सक्नुहुन्छ। यसपछि केजरीवाल गएर जिज्ञासा जारी राख्न सक्छन् ।

अदालतः १५ हजार रुपैयाँ धरौटीमा जमानत दिन्छ । केजरीवाल अदालतबाट जान सक्छन् । वकिलहरू अझै अदालतमा उपस्थित हुनुपर्छ।

यति छोटो संबाद भए पछि केजरीवालले जमानतमा रिहा भएका छन् ।

केजरीवालका वकिलका अनुसार मुख्यमन्त्री केजरीवालले ईडीको हरेक समनको जवाफ दिएका छन । 

एएसजी एसभी राजु ईडीको तर्फबाट मार्च १५ मा विशेष न्यायाधीश (सीबीआई) राकेश सायलको एकल इजलासमा उपस्थित भएका थिए। जहाँ केजरीवालका वकिलहरू वरिष्ठ अधिवक्ता रमेश गुप्ता र अधिवक्ता राजीव मोहन थिए। केजरीवालका वकिलहरूले भने कि दिल्लीका मुख्यमन्त्रीले ईडीको हरेक समनको जवाफ दिएका छन्। मुख्यमन्त्रीको जिम्मेवारीका कारण उनी ईडीसमक्ष उपस्थित हुन सकेनन् । अदालतमा उजुरी गर्नुअघि ईडीले केजरीवाललाई कारण देखाउ नोटिस समेत दिएको थिएन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’