२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकिस्तानी भूमिमा २० वर्षपछि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

२०८०, ४ चैत्र आईतवार १२:०९

चैत ४, काठमाडौँ | पाकिस्तानमा २० वर्षपछि तीन राष्ट्र सम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय क्रिकेट शृंखला आयोजना हुने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अनुसार, त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्न न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले पाकिस्तान भ्रमण गर्न लागेका हुन् ।

पीसीबीका अनुसार, हालै दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बैठकले पनि उक्त शृंखलालाई अगाडि बढाउने संकेत दिएको छ । सन् २००९ मा पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली क्रिकेट टोलीमाथि लाहोरमा आतंककारी हमला भएको थियो ।

त्यो आतंककारी हमलापछि लामो समयसम्म कुनै पनि टोलीले पाकिस्तानको भ्रमण गरेका थिएनन् । त्यसपछि सन् २०२० मा आएर मात्र फेरि पाकिस्तानी भूमिमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको थियो । तर, त्यसपछि पनि त्रिकोणात्मक एकदिवसीय शृंखला भने खेलिएको थिएन ।

सन् २०११ मा आईसीसी एकदिवसीय विश्वकपका केही खेल पाकिस्तानमा पनि खेलाउने निर्णय गरिएको थियो । तर, श्रीलंकाली टोलीमाथि आतंककारी हमला भएपछि विश्वकपका कुनै पनि खेल पाकिस्तानमा खेलाइएको थिएन ।

पछिल्लो पटक सन् २००४ मा पाकिस्तानमा त्रिकोणात्मक शृंखला खेलिएको थियो । त्यतिबेला त्रिकोणात्मक शृंखलामा श्रीलंका र जिम्बाबे सहभागी थिए । पाकिस्तानमै आयोजना हुने भनिएको आईसीसी च्याम्पियन्स ट्रफीअघि देशभित्र अन्तर्राष्ट्रिय क्रिकेटको वातावरण बनाउने उद्देश्यले त्रिकोणात्मक शृंखला खेलाउन लागिएको पीसीबीका अध्यक्ष मोहसिन नकवीले जनाएका छन् ।

आगामी च्याम्पियन्स ट्रफी सन् २०२५ मा पाकिस्तानमै आयोजना हुँदैछ । सन् १९९६ को आईसीसी विश्वकपपछि पाकिस्तानी भूमिमा खेलाउने लागिएको यो सबैभन्दा ठूलो प्रतियोगिता हो । तर, आठ राष्ट्र सम्मिलित आईसीसी च्याम्पियन्स ट्रफी खेल्न भारतले आफ्नो टोली पाकिस्तान पठाउने विषयमा भने अझै अन्यौल नै रहेको छ ।

त्रिकोणात्मक एकदिवसीय शृंखलाको खेल तालिका भने सार्वजनिक गरिएको छैन । त्रिकोणात्मक एकदिवसीय शृंखलाअघि आईसीसी टी–२० विश्वकपका लागि अभ्यास खेल खेल्न न्युजिल्यान्डले पाकिस्तानको भ्रमण गर्ने कार्यक्रम रहेको छ । यसक्रममा पाकिस्तान र न्युजिल्यान्डबिच पाँचवटा टी–२० खेल खेलिने छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी