३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

छोरीको मृत्युपछि माइती पक्षद्वारा घरमा आगजनी, सासूससुराको जलेर मृत्यु

६ चैत्र २०८०, मंगलवार ०६:३८

चैत ६, काठमाडौं | भारतको उत्तर प्रदेश राज्यको प्रयागराजमा नवविवाहित महिलाको मृत्युपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ ।

सोमबार प्रयागराजको मुट्ठीगञ्ज क्षेत्रमा नवविवाहित आंशिका केसरवानीको शव घरमै झुण्डिएको अवस्थामा फेला परेको थियो । धुमनगञ्जको झलवा निवासी आंशिकाको विवाह मुट्ठीगञ्जका व्यापारी अंशुसँग भएको थियो ।

आंशिकाको मृत्युको खबर सुनेपछि उनको घरमा पुगेका माइती पक्षले घरमै आगो लगाइदिएको हो । आगजनीमा आंशिकाका सासूससुराको मृत्यु भएको छ ।


दाइजोको निहुँमा आंशिकालाई यातना दिइएको माइती पक्षको आरोप छ । आगजनी गर्नुअघि दुई पक्षबिच विवाद र झडपसमेत भएको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

प्रयागराजका डीसीपी दीपक भूकरका अनुसार प्रहरीलाई सोमबार राति ११ बजे आंशिकाले आत्महत्या गरेको सूचना आएको थियो । प्रहरी घटनास्थलमा पुग्दा दुई पक्षबिच विवाद भइरहेको बताइन्छ । तर यस बिचमै माइती पक्षले घरको ढोका बाहिरबाट बन्द गरेर आगो लगाइदिएको थियो । आगो नियन्त्रणमा लिइसकेपछि भित्र हेर्दा दुई जनाको शव फेला परेको प्रहरीको भनाइ छ । मृतकहरु आंशिकाकै सासूससुरा रहेको प्रहरीले जनाएको छ ।

दुवैको शव परीक्षणका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’