३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दुइ अश्वेत माथी रंगभेद गर्ने ६ गोरा अमेरिकन अफिसरलाइ २० बर्ष जेल

७ चैत्र २०८०, बुधबार ०२:५५

चैत ७, न्युयोर्क | मिसिसिपी यातना मुद्दामा पूर्व प्रहरी अधिकारीलाई २० वर्षको जेल सजाय सुनाइएको छ ।

मिसिसिपीका पूर्व प्रहरी अधिकारी हन्टर एलवर्डले उनीहरूकाे घरमा पुगेर दुई अश्वेत पुरुषलाई यातना दिएको मुद्दामा २० वर्षको जेल सजाय सुनाइएको हो। यसरी जेल सजाय सुनाइएका अफिसरमध्ये एलवर्ड पहिलो नम्बरका हुन्।

समाचार अनुसार उनीहरूले अश्वेत पीडितहरूलाई उनीहरूकाे घरमा पुगेर कुटपिट गरेका थिए भने स्टन गन देखाएर तर्साउने कामसमेत गरेका थिए । त्यती मात्रै होइन, सन २०२३ मा बिना वारेन्ट भित्र पसेका ती गाेरा अधिकारीहरूले यौन दुर्व्यवहारसमेत गरेका थिए, जसमध्ये एकको मुखमा गोलीसमेत लागेको थियो।

सो घटनाकाे भिडियाे सार्बजनिक भए पछि याे ठुलाे बहसकाे बिषय बनेकाे थियाे  । र, दबाब स्वरूप साे गाेरा समूहले पक्राउ गरियाे र गत अगस्टमा संघीय नागरिक अधिकार अपराध गरेकाे उनीहरूले स्वीकार गरेका थिए ।

एल्वर्डको सजायसँगै अन्य पाँच जना क्रिस्टियन डेडमन, ब्रेट म्याकअल्पिन, जेफ्री मिडलटन, ड्यानियल ओपिडके र जोशुआ हार्टफिल्ड पनि रहेका छन् । उनीहरू माथी मानवअधिकार विरुद्धको षड्यन्त्र, न्यायमा बाधा पुर्‍याउने कार्य, कानूनको रंग अन्तर्गत अधिकारबाट वञ्चित गर्ने, हिंसाको अपराध अन्तरगत बन्दुक प्रहार गर्ने र न्यायमा बाधा पुर्‍याउने षड्यन्त्र गरेको जस्ता अभियोग लगाइएको थियो ।  अभियोजकहरूका अनुसार ती अफिसरहरू, जो सबै गोरा थिए, जसले आफूलाई ‘गुन स्क्वाड’ भनेर चिनिन्छन ।

समाचार अनुसार माइकल जेनकिन्स र एडी पार्करको घरमा प्रवेश गर्दा ब्राक्सटनको र्यान्किन काउन्टी शहरमा शंकास्पद गतिविधिको बारेमा जवाफ दिइरहेका थिए। सोही क्रममा दुई जना अश्वेत पुरुषहरूलाई हथकडी लगाइयो र एक घण्टा लामो आक्रमण गरियो । उनीहरूलाई बारम्बार कुटपिट मात्रै गरिएको थिएन, अपशब्द बोल्दै जातीय अपमानको साथ गिल्लासमेत गरिएको थियो ।

सोही क्रममा एल्वर्डले मिस्टर जेनकिन्सको मुखमा गोली हानेका थिए, जसका कारण उनको जिब्रो काटिएको थियो र उनको बङ्गारा भाँचिएको थियो। जसकाे सजायँ अहिले ताेकिएकाे हाे । 

यस मुद्दामा ती ६ जना अधिकारीहरूले अर्का २० वर्षीया गोरालाइ पनि अन्याय गरेका थिए, यो छुट्टै घटनामा दोषी स्वीकार गरेका छन्। उक्त घटनाको विवरण अझै अस्पष्ट छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’