२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

तीनवटै सन्तान आफ्नो नभएको थाहा पाएपछि पुरुषले गरे सम्बन्धविच्छेद

२०८०, ७ चैत्र बुधबार ०९:२९

एजेन्सी | केही समयअघि चीनमा एउटा हाइप्रोफाइल सम्बन्धविच्छेदको घटना बहसको केन्द्रबिन्दु बनेको थियो । एक पुरुषले तीनवटा सन्तान आफ्नो नभएको थाहा पाएपछि विवाहको १६ वर्षपछि सम्बन्धविच्छेद गरेका हुन् ।

सन् २००७ मा चेन सिनजियानले यू हुवासँग विवाह गरेका थिए । यू हुवा चेनभन्दा ८ वर्षले कान्छी थिइन् । उनी हर्दा सोझो र मिलनसार थिइन् । त्यसैले पहिलो भेटमा नै चेनले उनीसँग विवाह गर्ने निधो गरे । किनभने यता परिवारबाट पनि उनलाई विवाहको दबाब आइरहेको थियो ।

विवाहको केही समयपछि नै यूले आफू गर्भवती भएको जानकारी दिइन् । आफू बुबा बन्न लागेकोमा चेन निकै खुसी थिए । खुसीयालीमा उनले यो कुरा बिर्सिए कि हुवाले बच्चा पाउँदाको समय गणना गर्ने हो भने उनी विवाह अघि नै गर्भवती भएको हुनुपर्थ्यो । 


यूले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिइन् । यता चेन लामो दुरीको सवारी चालक बने । उनी लामो समय घर बाहिर नै रहन थाले । उनी बेला–बेला छोटो समयका लागि मात्र सियान्सी प्रान्तमा रहेको आफ्नो घरमा पुग्थे ।

यसरी नै समय बित्दै गयो । केही समयपछि यूले अर्की छोरीलाई जन्म दिइन् । यति बेलासम्म चेन आफ्नो पत्नीको विवाहेतर सम्बन्धको बारेमा अनभिज्ञ थिए ।

सन् २०१९ मा जब यूले आफू तेस्रोपटक गर्भवती भएको बताइन्, त्यतिबेला मात्र उनलाई यसबारे शङ्का भयो । किनभने उनी गर्भवती भएको समयमा चेन घर आएका थिएनन् । उनले पत्नीसँग यस विषयमा विवाद पनि गरे तर यूले त्यो बच्चा चेनकै भएको भन्दै सम्झाउन खोजिन् । 

यसपटक पनि चेनले पत्नीको कुरा पत्याउँदै छोरीलाई अपनाए । सन् २०२२ को नोभेम्बर यूले अस्पतालमा चौथो छोरीलाई जन्म दिएपछि मात्र चेन आफ्नो पत्नीको सम्बन्धको बारेमा पक्का भए ।

उनले यसपटक पत्नीसँग सल्लाह गर्नुका साटो वकिललाई साथमा लिएर अस्पतालमा छानबिन गर्न गए । त्यहाँ उनले बच्चालाई जन्म दिँदा पतिको नाममा आफ्नो उल्लेख भए पनि नक्कली हस्ताक्षर गरेको पाए । आफूमाथि धोका भएको थाहा पाएपछि उनले सम्बन्धविच्छेदका लागि निवेदन दिँदै बच्चा आफ्नो हो कि होइन भन्ने परीक्षण गर्न माग गरे । परीक्षणमा कुनै पनि सन्तान उनको नभएको पुष्टि भयो । उनले अदालतसमक्ष आफूले पाएको मानसिक तनावका लागि क्षतिपूर्तिसमेत माग गरे ।

यो घटना लामो समय चीनमा चर्चाको विषय बनेको थियो । दुवै पक्षका समर्थक र आलोचक थिए । सन् २०२३ को डिसेम्बर २९ मा अदालतले सम्बन्धविच्छेदको मुद्दामा फैसाल सुनाउँदै चेनलाई दुई ठुली छोरीको अभिभावकत्व प्रदान गरेको थियो । उता पत्नीलाई विवाहपछिको सम्पत्तिमा दाबी नगर्न र मासिकरुपमा पूर्व पतिलाई रकम प्रदान गर्न भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी