३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ, के हो आरोप?

९ चैत्र २०८०, शुक्रबार ०६:००

चैत ९, काठमाडौँ | दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ परेका छन् ।  आम आदमी पार्टीका नेता तथा दिल्ली सरकारका मन्त्री आतिशीका अनुसार केजरीवाललाई प्रवर्तन निर्देशालयको टोलीले पक्राउ गरेको हो।

केजरीवाललाई निर्देशनालयको टोलीले बिहीबार साँझ ९ बजे दिल्लीस्थित उनकै घरबाट पक्राउ गरेको हो । साँझ ७ बजेर १० मिनेटमा केजरीवालको घरमा पुगेको निर्देशनालयको टोलीले उनीसँग २ घण्टा सोधपुछ गरेको थियो । उनलाई मदिरा नीति मुद्दामा पक्राउ गरिएको बताइएको छ ।  


के–कस्तो आरोप लागेको छ ?

अन्त:शुल्क नीति परिमार्जन गर्दा अनियमितता गरिएको र इजाजतपत्र धारकहरूलाई अनुचित लाभ दिइएको आरोप सीबीआई र ईडीले लगाएको छ । यसमा लाइसेन्स शुल्क माफ वा कम गरिएको छ । यो नीतिले सरकारी राजस्वमा  १ अर्ब ४४ करोड ३६ लाख भारु घाटा भएको थियो । यस विषयमा छानबिन गर्न सिफारिस गरेपछि सन् २०२२ को जुलाई ३० मा दिल्ली सरकारले नयाँ अन्तःशुल्क नीति फिर्ता लियो अनि पुरानो प्रणालीलाई पुनः स्थापित गरिदियो । 

अन्त:शुल्क विभागका प्रमुख रहेका मनिष सिसोदियाले सन् २०२१ को मार्चमा नयाँ अन्त:शुल्क नीतिको घोषणा गरेका थिए । सोही वर्ष नोभेम्बर १७ मा यो नीति लागू गरिएको थियो ।

नयाँ मदिरा नीतिमा के थियो ?

सन् २०२१ को नोभेम्बर १७ मा दिल्ली सरकारले राज्यमा नयाँ मदिरा नीति लागू गर्‍यो । यसअन्तर्गत राजधानीमा ३२ क्षेत्र बनाएर प्रत्येक क्षेत्रमा बढीमा २७ वटा मात्रै मदिरा पसल खोल्न दिइनु पर्ने थियो । यसरी दिल्लीभर जम्मा ८४९ वटा मात्रै पसल खोलिनु पर्ने थियो । दिल्लीमा ६० प्रतिशत मदिरा पसल सरकारी र ४० प्रतिशत निजीस्तरमा खुलेका थिए । नयाँ मदिरा नीतिले दिल्लीका सबै मदिरा पसलहरूलाई निजी बनाई दियो । यसबाट ३५ अर्ब भारु फाइदा हुने सरकारको तर्क थियो ।

कसरी सुरु भयो जाँच ?

सो प्रकरणमा जुलाई २०२२ मा दिल्लीका तत्कालीन मुख्य सचिवले ‘अन्त:शुल्क नीति’मा अनियमितता भएकोबारे उपराज्यपाललाई एउटा प्रतिवेदन बुझाएका थिए । यस प्रतिवेदनले तत्कालीन उपमुख्यमन्त्री मनिष सिसोदियामाथि नीतिमा अनियमितता गरेको र मदिरा व्यवसायीलाई अनुचित फाइदा दिएको आरोप लगाएको थियो ।

यही रिपोर्टको आधारमा उपराज्यपालले अन्त:शुल्क नीति (२०२१–२०२२) को कार्यान्वयनमा नियमहरुको उल्लंघन र प्रक्रियात्मक त्रुटिको हवाला दिँदै जुलाई २२ मा सीबीआई जाँचको सिफारिस गरियो । यस मामिलामा सीबीआईले सिसोदियासहित १५ जनाविरुद्ध एफआईआर दर्ता गरेको थियो । यसै आधारमा ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको थियो ।

यस घोटालामा अहिलेसम्म विजय नायर, अभिषेक बोइनपल्ली, समीर महेन्द्रू, पी सरथ चन्द्र, बिनय बाबु, अमित अरोरा, गौतम मल्होत्रा, राघव मंगुटा, राजेश जोशी, अमन ढाल, अरुण पिल्लई, मनिष सिसोदिया, दिनेश अरोरा, संजय सिंह, के. कविता पक्राउ परेका छन् ।

यो मामिलामा ईडीले केजरीवाललाई १४ पटक सोधपुछका लागि बोलाएको थियो । तर केजवरीवालले सुनेको नसुनै गरेर बसिरहे । अदालतले नै बाटो खोलिदिएपछि अन्ततः बिहिबार केजरीवाललाई पनि पक्राउ गरियो । मदिरा घोटालामा पक्राउ पर्ने केजरीवाल अहिलेसम्मकै हाई–प्रोफाइल व्यक्ति हुन् । आपको प्रशर्दनलाई हेरेर शुक्रवार आईटीओ मेट्रो स्टेसन बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’