३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जीवित मान्छेमा पहिलो पटक सुँगुरको मिर्गौला प्रत्यारोपण

९ चैत्र २०८०, शुक्रबार ०९:२६

चैत ९, काठमाडौँ | अमेरिकामा बोस्टनका डाक्टरहरूले एक बिरामीमा जिन संशोधन गरिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका छन् । ती बिरामी म्यासाचुसेट्समा बस्ने ६३ वर्षका रिचर्ड रिक स्लेम्यान भएको बताइएको छ । गएको शनिबार ती बिरामीको शल्यक्रिया गरेर सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उनी बिस्तारै तङ्ग्रिरहेका छन् । अस्पतालबाट छिट्टै डिस्चार्ज हुने आशा गरिएको छ । जीवित व्यक्तिमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको यो पहिलो पटक भएको म्यासाचुसेट्स जनरल अस्पतालले बिहीबार एउटा विज्ञप्ति जारी गर्दै बताएको छ । सुँगुरको मिर्गौलाले कम्तीमा २ वर्षसम्म काम गर्ने आशा गरिएको छ ।


यसले काम गरेन भने स्लेम्यानको पुनः डाइलेसिस गर्नु पर्ने बताइएको छ । उनको शरीरमा सन् २०१८ मा मानव मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर गएको वर्ष उनमा फेलियरको संकेतहरू देखिन थालेपछि उनी फेरि डाइलेसिसमै फर्किए ।

यस्तो स्थितिमा डाक्टरहरूले उनको शरीरमा सुँगुरको मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका थिए । यसअघि दुई पुरुषमा सुँगुरको जिन संशोधन गरिएको मुटु प्रत्यारोपण गरिएको थियो । तर ती दुवैको केही महिनाभित्रै मृत्यु भयो । मानव अङ्गको विकल्पको रूपमा वैज्ञानिकहरूले जनावरको अङ्ग मान्छेमा प्रत्यारोपण गर्न विविध प्रयोग गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’