२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जीवित मान्छेमा पहिलो पटक सुँगुरको मिर्गौला प्रत्यारोपण

२०८०, ९ चैत्र शुक्रबार ०९:२६

चैत ९, काठमाडौँ | अमेरिकामा बोस्टनका डाक्टरहरूले एक बिरामीमा जिन संशोधन गरिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका छन् । ती बिरामी म्यासाचुसेट्समा बस्ने ६३ वर्षका रिचर्ड रिक स्लेम्यान भएको बताइएको छ । गएको शनिबार ती बिरामीको शल्यक्रिया गरेर सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उनी बिस्तारै तङ्ग्रिरहेका छन् । अस्पतालबाट छिट्टै डिस्चार्ज हुने आशा गरिएको छ । जीवित व्यक्तिमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको यो पहिलो पटक भएको म्यासाचुसेट्स जनरल अस्पतालले बिहीबार एउटा विज्ञप्ति जारी गर्दै बताएको छ । सुँगुरको मिर्गौलाले कम्तीमा २ वर्षसम्म काम गर्ने आशा गरिएको छ ।


यसले काम गरेन भने स्लेम्यानको पुनः डाइलेसिस गर्नु पर्ने बताइएको छ । उनको शरीरमा सन् २०१८ मा मानव मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर गएको वर्ष उनमा फेलियरको संकेतहरू देखिन थालेपछि उनी फेरि डाइलेसिसमै फर्किए ।

यस्तो स्थितिमा डाक्टरहरूले उनको शरीरमा सुँगुरको मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका थिए । यसअघि दुई पुरुषमा सुँगुरको जिन संशोधन गरिएको मुटु प्रत्यारोपण गरिएको थियो । तर ती दुवैको केही महिनाभित्रै मृत्यु भयो । मानव अङ्गको विकल्पको रूपमा वैज्ञानिकहरूले जनावरको अङ्ग मान्छेमा प्रत्यारोपण गर्न विविध प्रयोग गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी