२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर

२०८०, १० चैत्र शनिबार ०३:१५

चैत १०, काठमाडौँ | बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर भएको छ । राजकुमारी केटले एक भिडियो सन्देश सार्बजनिक गर्दै आफूलाई क्यान्सर भएको र यसको उपचार भइरहेको बताएपछि यसको खुलासा भएको हो । उनको उपचार अझै प्रारम्भिक चरणमा रहेको उनले बताएकी छन् ।

भिडियोमा उनले भनेकी छन्- 'केही अविश्वसनीय कठिन महिनाहरू पछि ठूलो झटका लागेको थियो । म अहिले ठीक छु र दिनप्रतिदिन बलियो हुँदै गएको छु ।'

बेलायतको दरबारले उनी पूर्ण रुपमा निको हुने विश्वास व्यक्त गरेको छ ।

राजकुमारी केटको गत जनवरीमा पेटको शल्यक्रिया गरिएको थियो तर त्यति बेला क्यान्सर भएको थाहा नभएको बताइएको छ ।

राजकुमारी केटले भनेकी छन्- 'यद्यपि शल्यक्रियापछि गरिएको परीक्षणले मेरो शरीरमा क्यान्सर भएको थाहा भयो । मेरो मेडिकल टिमले मलाई निवारक केमोथेरापीको कोर्स लिनु पर्ने सल्लाह दियो । म उपचारको प्रारम्भिक चरणमा छु ।'

उनको केमोथेरापी फेब्रुअरीको अन्त्यमा सुरु भएको थियो । दरबारले भने यस समयमा कुनै पनि व्यक्तिगत चिकित्सा जानकारी साझा नगर्ने बताएको छ । यो कस्तो क्यान्सर हो भने बारे राजकुमारीले बताएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी