३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चन्द्रयान-३ ल्यान्डिङ साइटको नाम ‘शिव शक्ति पोइन्ट’

११ चैत्र २०८०, आईतवार १२:२२

चैत ११, काठमाडौँ । भारतले गत अगस्त २३ मा चन्द्रमाको दक्षिणी क्षेत्रमा सफल अवतरण गराएको चन्द्रयान-३ ल्यान्डिङ साइटलाई 'शिव शक्ति' पोइन्ट भनिने भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सो साइटलाई 'शिवशक्ति प्वाइन्ट' नामकरण गरेका थिए । सो नामलाई घोषणा भएको करिब सात महिनापछि अन्तर्राष्ट्रिय खगोलीय संघले अनुमोदन गरेको छ ।

चन्द्रयान-३ जुलाई १४ मा बह्र्त्को श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको थियो । विक्रम ल्यान्डरले अगस्ट २३ मा साँझ ६.०४ बजे चन्द्रमामा अवतरण गरेको थियो । तीन दिनपछि, प्रधानमन्त्री मोदी वैज्ञानिकहरूलाई भेट्न इसरो टेलिमेट्री ट्र्याकिङ र कमाण्ड नेटवर्क पुगेका थिए ।


सो अवसरमा मोदीले रेक वर्ष २३ अगस्टमा भारतले राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने, चन्द्रमामा ल्यान्डर अवतरण गरेको स्थानलाई शिवशक्ति पोइन्ट भनिने र चन्द्रयान-३ को पाइलाको छाप रहेको चन्द्रमाको बिन्दुलाई 'तिरंगा' नाम दिइने घोषणा गरेका थिए ।

चन्द्रयान–३ मिसनका तीन भाग थिए । प्रोपल्सन मोड्युल, ल्यान्डर र रोभर । तिनीहरूमा कुल ७ पेलोडहरू स्थापना गरिएको थियो । चन्द्रयान-३ को प्रोपल्सन मोड्युलमा शेप नामक पेलोड राखिएको थियो। यो चन्द्रमाको कक्षमा परिक्रमा गरेर पृथ्वीबाट आउने विकिरणको अनुसन्धान गर्न बनाइएको हो ।

चन्द्रयान–३ ले ४० दिनमा पृथ्वीको २१ पटक र चन्द्रमाले १२० पटक परिक्रमा गरेको थियो । चन्द्रयानले ५५ लाख किलोमिटरको यात्रा गरी ३.८४ लाख किलोमिटरको दूरी चन्द्रमासम्म पुर्याएको थियो ।

भारतले चन्द्रयान–१ सन् २००८ मा प्रक्षेपण गरिएको थियो । यसमा एउटा प्रोबको क्र्यास ल्यान्डिङ गरिएको थियो जसमा चन्द्रमामा पानी भेटिएको थियो । त्यसपछि २०१९ मा चन्द्रयान-२ चन्द्रमाको नजिक पुग्यो, तर अवतरण गर्न सकेन। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’