२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चन्द्रयान-३ ल्यान्डिङ साइटको नाम ‘शिव शक्ति पोइन्ट’

२०८०, ११ चैत्र आईतवार १२:२२

चैत ११, काठमाडौँ । भारतले गत अगस्त २३ मा चन्द्रमाको दक्षिणी क्षेत्रमा सफल अवतरण गराएको चन्द्रयान-३ ल्यान्डिङ साइटलाई 'शिव शक्ति' पोइन्ट भनिने भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सो साइटलाई 'शिवशक्ति प्वाइन्ट' नामकरण गरेका थिए । सो नामलाई घोषणा भएको करिब सात महिनापछि अन्तर्राष्ट्रिय खगोलीय संघले अनुमोदन गरेको छ ।

चन्द्रयान-३ जुलाई १४ मा बह्र्त्को श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको थियो । विक्रम ल्यान्डरले अगस्ट २३ मा साँझ ६.०४ बजे चन्द्रमामा अवतरण गरेको थियो । तीन दिनपछि, प्रधानमन्त्री मोदी वैज्ञानिकहरूलाई भेट्न इसरो टेलिमेट्री ट्र्याकिङ र कमाण्ड नेटवर्क पुगेका थिए ।


सो अवसरमा मोदीले रेक वर्ष २३ अगस्टमा भारतले राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने, चन्द्रमामा ल्यान्डर अवतरण गरेको स्थानलाई शिवशक्ति पोइन्ट भनिने र चन्द्रयान-३ को पाइलाको छाप रहेको चन्द्रमाको बिन्दुलाई 'तिरंगा' नाम दिइने घोषणा गरेका थिए ।

चन्द्रयान–३ मिसनका तीन भाग थिए । प्रोपल्सन मोड्युल, ल्यान्डर र रोभर । तिनीहरूमा कुल ७ पेलोडहरू स्थापना गरिएको थियो । चन्द्रयान-३ को प्रोपल्सन मोड्युलमा शेप नामक पेलोड राखिएको थियो। यो चन्द्रमाको कक्षमा परिक्रमा गरेर पृथ्वीबाट आउने विकिरणको अनुसन्धान गर्न बनाइएको हो ।

चन्द्रयान–३ ले ४० दिनमा पृथ्वीको २१ पटक र चन्द्रमाले १२० पटक परिक्रमा गरेको थियो । चन्द्रयानले ५५ लाख किलोमिटरको यात्रा गरी ३.८४ लाख किलोमिटरको दूरी चन्द्रमासम्म पुर्याएको थियो ।

भारतले चन्द्रयान–१ सन् २००८ मा प्रक्षेपण गरिएको थियो । यसमा एउटा प्रोबको क्र्यास ल्यान्डिङ गरिएको थियो जसमा चन्द्रमामा पानी भेटिएको थियो । त्यसपछि २०१९ मा चन्द्रयान-२ चन्द्रमाको नजिक पुग्यो, तर अवतरण गर्न सकेन। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी