२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतको मुम्बई सबैभन्दा बढी अरबपति बस्ने विश्वको तेस्रो शहर

२०८०, १३ चैत्र मंगलवार ०६:०३

चैत १३, मुम्बई | भारतको मुम्बई शहर अब अरबपतिहरूको हिसाबले विश्वको तेस्रो स्थानमा उक्लिएको छ । अरबपतिको हिसाबले न्यूयोर्क पहिलो स्थानमा छ । यहाँ सबैभन्दा बढी ११९ अरबपतिहरू बस्छन् । त्यसपछि लन्डन आउँछ, जहाँ ९७ अर्बपति छन् । यो सूचीमा अब मुम्बई तेस्रो स्थानमा उक्लिएको छ ।


हुरुन ग्लोबल रिच लिष्ट २०२४ को रिपोर्टका अनुसार मुम्बईमा २६ नयाँ अरबपतिहरू थपिएसँगै ९२ अरबपति बस्ने गर्दछन् । मुम्बईले चीनको बेइजिङलाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको हो । यस अघि १०९ अरबपति रहेको बेइजिङमा १८ अरबपति घटेर ९१ रहेको रिपोर्टमा उल्लेख छ ।

त्यस्तै चीनको शंघाईमा ८७, शेनजेनमा ८४, हङकङमा ६५, मस्कोमा ५९, भारतको नयाँ दिल्लीमा ५७ अरबपति रहेको रिपोर्टमा उल्लेख छ ।

ग्लोबल रिच लिस्टका अनुसार एलन मस्क शिर्ष स्थानमा छन् भने जेफ बेजोस दोस्रो, बेर्नार्ड अर्नाल्ट तेस्रो, मार्क जुकर्बर्ग चौथो, लारी एलिसन र वारेन बफेट पाँचौं, स्टेभेन बल्लमेर सातौँ, बिल गेट्स आठौँ, लारी पेज नवौं र मुकेश अम्बानी १०औ स्थानमा रहेका छन् । त्यसैगरी भारतका गौतम अडानी यस सूचीमा १५औं स्थानमा उक्लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी