३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

परपुरूषसँग अबैध सबन्ध राख्ने महिलालाइ ढुंगाले हानेर मारिने तालिवानको घोषणा

१४ चैत्र २०८०, बुधबार ०३:३४

चैत १४, काबुल | अफगानिस्तानमा फेरी अबैध सबन्ध राख्ने महिलालाइ ढुंगाले हानेर मारिने नियम बनाइएको छ । 

तालिवान सरकारका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले महिलाविरुद्ध नयाँ आदेश जारी गर्दै अबैध सबन्ध राख्ने महिलालाई सार्बजनिक स्थलमा ढुंगाले हानेर मारिनेछ ।

उनका अनुसार कुनै पनि महिला व्यभिचार गरेको अर्थात आफ्नो पति बाहेक अरूसँग यौनसम्बन्ध राखेको दोषी पाइएमा ढुङ्गाले हानेर मारिने छ।

एक अडियो सन्देशमा अखन्दजादाले पश्चिमी देशहरूको लोकतन्त्रलाई चुनौती दिदैँ  इस्लामिक कानून शरियालाई कडाइका साथ लागू गर्न आदेशसमेत दिएका छन । उनले भने, ‘ढुङ्गाले हानेर मार्दा महिलाको अधिकार हनन हो भनी तिमी भन्छौ तर छिट्टै यो सजाय व्यभिचारमा लागु हुनेछ । दोषी महिलाहरूलाई सार्वजनिक रूपमा कोर्रा र ढुङ्गाले हिर्काइने छ ।’

अखुन्दजादाले भने, ‘के महिलाहरूले पश्चिमा देशहरूको कुरा गरिरहेका अधिकार चाहन्छन् ? त्यस्ता सबै अधिकारहरू शरिया र धर्मगुरुहरूका राय विरुद्ध छन्। पश्चिमा लोकतन्त्रलाई उखालेर फाल्ने उही धर्मगुरुहरू हुन् । हामीले पश्चिमाहरू विरुद्ध २० वर्ष लड्यौं र आवश्यक परे आगामी २० वर्षसम्म लड्नेछौं ।’

तालिबान नेताले अगाडी यो पनि भने कि, ‘हामीले काबुललाई पुनः कब्जा गरेर मात्रै हाम्रो काम सकिएको छैन, हामी चुपचाप बसेर चिया पिउने छैनौं। हामी अफगानिस्तानमा शरिया फिर्ता गर्नेछौं।’

अफगानिस्तानमा सत्तामा आएपछि तालिबानले महिला अधिकार हनन नगर्ने आश्वासन दिएको थियो । यति हुँदाहुँदै पनि त्यहाँ उनीहरुको अधिकार निरन्तर कुण्ठित भइरहेको छ । पहिलो, किशोरीहरूको माध्यमिक र उच्च विद्यालय शिक्षामा प्रतिबन्ध लगाइयो भने त्यसपछि उनीहरूलाइ विश्वविद्यालय शिक्षा हासिल गर्न रोकिएको छ ।

अधिकांश कामबाट महिलाहरूलाई हटाइयो वा तिनीहरूको ठाउँमा आफ्नै परिवारका एकजना पुरुषलाई नियुक्त गरिएको छ भने अफगानिस्तानमा ब्यूटी पार्लर जाने र खेलकुद खेल्ने जस्ता महिलाहरूको धेरैजसो गतिविधिमा प्रतिबन्ध लगाइएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’