२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बिग बोस बिजेता मुनव्वर फारुकी पक्राउ

२०८०, १४ चैत्र बुधबार ०७:०४

चैत १४, काठमाडौँ । भारतीय रियालिटी शो बिग बोस १७ को विजेता मुनव्वर फारुकी पक्राउ परेका छन् । मंगलबार अबेर राति मुम्बई प्रहरीको सोशल सर्भिस शाखाले एउटा हुक्का बारमा छापा मारेको थियो । यस क्रममा प्रहरीले स्ट्यान्डअप कमेडियन मुनव्वर फारुकी समेत १४ जनालाई समातेको थियो । प्रहरीले मुनब्बरलाई नोटिस दिएर छाडेको बताइएको छ ।


यसअघि बिग बग ओटीटी २ का विजेता एल्भिस यादव समातिएका थिए । त्यसपछि मुनव्वर पनि विवादमा आएका छन् । बारमा सूर्तीजन्य सामाग्रीको साथमा निकोटिन पनि प्रयोग भइरहेको जानकारी प्रहरीले पाएको  थियो । यसबारे मुनव्वरको तर्फबाट कुनै आधिकारिक विज्ञप्ति आएको छैन । यस मामिलामा प्रहरीले थप छानबिन गरिरहेको छ ।

यसअघि पनि विवादमा आएका थिए मुनब्बर

मुनब्बर विवादमा मुछिएको यो पहिलो पटक होइन । यसअघि सन् २०२१ मा इन्दौरमा एउटा स्ट्यान्ड अप कमेडी इभेन्टको बेलामा भगवान रामबारे असंवेदनशील टिप्पणी गरेपछि उनी पक्राउ परेका थिए । यस मामिलामा ३५ दिनसम्म जेलमा बसेपछि मुनव्वरलाई पक्राउ गरिएको थियो । यो कान्डपछि मुनव्वर अनलाइन ट्रोलिङको शिकार भए भने कयौं शो रद्द गरियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी