२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आईपीएलमा गिललाई १९ लाख जरिवना

२०८०, १४ चैत्र बुधबार ०७:३४

चैत १४, काठमाडौँ । गुजरात टाइन्सका युवा कप्तान शुभमन गिललाई इन्डियन प्रिमियर लिग (आईपील) २०२४ मा १९ लाख २४ हजार रुपैयाँ ( १२ लाख भारु) जरिवना लागेको छ ।

मंगलबार राती चेन्नई सुपर किंग्सविरुद्ध फिल्डिङ निर्धारित समय भन्दा १ ओभर ढिलो सकिएपछि सुस्त ओभर रेटका कारण कारबाहीमा परेका हुन् ।


आईपीएल २०२४ मा दोस्रो खेलमा गुजरात टाइटन्स चेन्नई सुपर किंग्स विरुद्ध मैदानमा उत्रिएको थियो । यो खेलमा गुजरात टाइटन्सले जानाजानी सुस्त गतिमा खेलेको आरोप छ । यही आरोपमा टिमका कप्तान शुभमन गिललाई १२ लाख भारु जरिवाना तिराइएको हो ।

इन्डियन प्रिमियर लिगले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको छ । ‘यो टोलीको पहिलो गल्ती भएकोले आईपीएल आचार संहिता अन्तर्गत उनीहरूलाई न्यूनतम जरिवाना लगाइएको छ ।’ नोटिसमा भनिएको छ ।

गुजरातले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ६ रनले हराएको थियो । चेन्नईसँग ६३ रनले पराजित भएको थियो । चेन्नईले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । गिलले आईपीएलमा पहिलो पटक कप्तानी गरेका छन् । यसअघि दुई संस्करण कप्तानी गरेका हार्दिक पान्ड्या मुम्बई इन्डियन्स फर्किपछि गिलले नेतृत्वको अवसर पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी