३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकिस्तानी नागरिकका २७ लाख डाटा चोरी

१५ चैत्र २०८०, बिहीबार ०३:४२

चैत १५, काठमाडौँ | पाकिस्तानको नेशनल डाटाबेस एण्ड रेजिष्ट्रेसन अथोरिटी (नाद्रा) को केन्द्रबाट २७ लाख नागरिकको व्यक्तिगत डाटा चोरी भएको छ । ‘डन न्यूज’का अनुसार गृह मन्त्रालयको संयुक्त अनुसन्धान टोलीले यो चोरी गरेको खुलासा गरेको हो ।

नाद्राले पाकिस्तानी नागरिकहरूलाई परिचय पत्र जारी गर्दछ । रिपोर्टका अनुसार यो डाटा पहिले दुबईमा पठाइएको थियो । त्यसपछि अर्जेन्टिना र रोमानिया पठाइयो । यस विषयमा सरकार भने मौन छ ।

‘जियो न्युज’ले गृह मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको छ । यो घटना बाहिर आएपछि मन्त्रालयले संयुक्त अनुसन्धान टोली गठन गरेको थियो । यसमा संघीय अनुसन्धान एजेन्सी (एफआईए) र गृह मन्त्रालयका अधिकारीहरू सामेल थिए। यो टोलीको नेतृत्व सैयद वकारुद्दिनले गरेका थिए ।

रिपोर्टका अनुसार डाटा चोरीको यो खेल २०१९ मा सुरु भयो र २०२३ को अन्त्यसम्म जारी रह्यो। यस अवधिमा करिब २७ लाख पाकिस्तानी नागरिकको डाटा चोरी भएको थियो । नाद्रा अधिकारीहरूको सहयोग बिना यो काम सम्भव थिएन । प्रतिवेदनमा नाड्राले आफ्नो केही काम आउटसोर्स गरेको हुनाले अन्य कुनै कम्पनीले यो डाटा बेचेको हुनसक्ने आशंका पनि उठाइएको छ ।

टोलीले यस विषयमा विस्तृत प्रतिवेदन तयार पारेको छ । धेरै जसो गोप्य राखिएको छ। प्राधिकरणले आगामी दिनमा केही अधिकारीलाई सोधपुछका लागि बोलाउन सक्ने बताइएको छ ।

अनुसन्धान एजेन्सीको रिपोर्ट अनुसार जसको व्यक्तिगत डाटा चोरी भएको छ, तीमध्ये अधिकांश मुल्तान, कराँची र पेशावरका छन् । यदि यति ठूलो मात्रामा डाटा चोरी भइरहेको थियो भने वरिष्ठ अधिकारीहरू के गर्दै थिए ? यो तथ्यांक अपराध वा आतंकवादका लागि प्रयोग गर्न सकिन्छ भन्ने कुरा के उनीहरूले कुनै पनि तहमा बुझेका थिएनन् ?

यो तथ्यांकको मनी ट्रेल प्रष्ट रहेको प्रतिवेदनमा स्पष्ट गरिएको छ । तीन शहरबाट चोरी भएको डाटा पहिले दुबई पठाइएको थियो। त्यसपछि अर्जेन्टिना र रोमानिया पठाइयो ।

रिपोर्टका अनुसार यो कुरा पहिलो पटक मार्च २०२३ मा रिपोर्ट गरिएको थियो । त्यसपछि गृह मन्त्रालयले यस विषयमा छानबिन थालेको हो । पछि केही तथ्य बाहिर आएपछि यसका लागि संयुक्त अनुसन्धान टोली गठन गरिएको थियो ।

जियो न्यूजका अनुसार जसको डाटा लीक भएको छ त्यसमा सेना र आईएसआईका अफिसर पनि परेका छन् । त्यसैले यो विषय निकै संवेदनशील बन्दै गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’