२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सूर्यग्रहणका कारण बढ्नेछ दुर्घटना, वैज्ञानिकको अनौठो चेतावनी

१५ चैत्र २०८०, बिहीबार ०७:५१

चैत १५, काठमाडौँ । आगामी अप्रिल ८ मा अमेरिकाको अधिकांश हिस्साबाट खग्रास सूर्यग्रहण देखिनेछ । सूर्य ग्रहण बर्सेनि हुने हुने खगोलीय घटनाक्रम हो । तर, यसपटकको सूर्यग्रहणलाई लिएर भने वैज्ञानिकहरुले अनौठो खालको चेतानवी जारी गरेका छन् ।

आमरुपमा ग्रहणलाई नांगो आँखाले हेर्नु हानिकारक मानिन्छ । तर यो पटकको सूर्यग्रहणको प्रभाव भने त्यत्तिमा सीमित हुनेवाला छैन । किनकि अप्रिल ८ मा हुने खग्रास सूर्यग्रहणले सवारी दुर्घटनाहरु समेत निम्त्याउने चेतावनी वैज्ञानिकहरुले दिएका छन् ।

यसअघि अमेरिकामा सन् २०१७ मा खग्रास सूर्यग्रहण भएको थियो । त्यसलाई ग्रेट अमेरिकन एक्लिप्स अफ २०१७ भनिन्छ । त्यसदिन पनि दिउँसोको समयमा केही समयका लागि सडक दुर्घटनामा तीव्र रुपमा वृद्धि भएको थियो । सोही घटनालाई आधार मान्दै वैज्ञानिकहरुले यो पटकको खग्रास सूर्यग्रहणका बेला पनि सडक दुर्घटना बढ्ने आँकलन गरेका छन् । यस सम्बन्धी रिपोर्ट JAMA Internal Medicine जर्नलमा छापिएको छ ।


टोरेन्टो विश्वविद्यालयका चिकित्साशास्त्रका प्राध्यापक तथा उक्त रिपोर्टका सहलेखक डाक्टर डोनाल्ड रिडेलमियरका अनुसार खग्रास सूर्यग्रहणको एक घण्टाका दौरान दिनको समयमा अचानक सूर्यको प्रकाश कम हुँदा वा अचानक अँध्यारो हुनाले सडक दुर्घटना हुने होइन ।

दुर्घटना त्यसको अगाडि वा पछिका घण्टाहरुमा हुन्छन् ।

पाथ अफ टोटालिटीमा हुन्छन् दुर्घटना

डाक्टर रिडेलमियरका अनुसार आमरुपमा सूर्यग्रहण पछिको समयमा अधिकांश सडक दुर्घटना हुने गरेको देखिन्छ । सन् २०१७ मा सूर्यको पाथ अफ टोटालिटी अर्थात् ग्रहणका बेला अँध्यारो हुने जमिनकेा हिस्सा ११३ किलोमिटर चौडा थियो । सो क्षेत्रको मध्य भागमा रहेका मानिसहरुले सबैभन्दा लामो समयसम्म अँध्यारोको सामना गर्नुपरेको थियो ।

करिब २ करोड अमेरिकीहरुले पाथ अफ टोटालिटी देखेका थिए । आगामी अप्रिल ८ मा पाट अफ टोटालिटी साढे २ देखि चार मिनेटसम्म देखिनेछ । यो त्यसको स्थानमा निर्भर गर्दछ । त्यसको सीमाभन्दा बाहिरका मानिसले खग्रास सूर्यग्रहण देख्न पाउनेछैनन् ।

सूर्यग्रहणपछि दुर्घटनामा वृद्धि

डाक्टर रिडेलमियर तथा उनका सहकर्मी डाक्टर जोन स्टेपल्सले सन् २०१७ मा सूर्यग्रहणभन्दा अगाडि र त्यसपछिको समयमा भएका सडक दुर्घटनाहरुको अध्ययन गरे । केवल त्यतिमात्र होइन उनीहरुले सूर्यग्रहणको तीन दिनअघि र तीन दिनपछिको तथ्यांक पनि संकलन गरे। त्यसबाट खग्रास सूर्यग्रहणका कारण सडक दुर्घटनामा ३१ प्रतिशतले वृद्धि हुने गरेको देखियो । प्रकाशमा अचानक हुने पपरिवर्तन पनि दुर्घटनाको कारणको रुपमा रहेको छ।

सन् २०१७ मा सूर्यग्रहणपछि हरेक घण्टा १०.३ जना मानिस सडक दुर्घटनामा परेका थिए । जबकि सूर्यग्रहणभन्दा अगाडि भने प्रतिघण्टा ७.९ जना मानिस सडक दुर्घटनाको सिकार भएका थिए। अर्थात् सूर्यग्रहणपछि हरेक २५ मिनेटमा एउटा सडक दुर्घटना भएको थियो । जबकि हरेक ९५ मिनेटमा एउटा अत्यन्तै घातक अतिरिक्त दुर्घटना भएको थियो ।

दुर्घटनाको एउटा ठूलो कारणचाहिं मानिसहरु ठाउँठाउँमा जम्मा भएर सूर्यग्रहण हेर्नु पनि थियो । त्यसका कारण सडकमा ट्राफिक जाम समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली