२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- ‘चुनाव लड्ने पैसा छैन’

२०८०, १५ चैत्र बिहीबार ०८:०३

चैत १५, काठमाडौँ । भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग नलिने निर्णय गरेको बताइन् । निर्मला सीतारमणले आफूसँग चुनाव लड्न पैसाको अभाव भएको र आन्ध्र प्रदेश र तमिलनाडु जस्ता दक्षिणी राज्यहरूमा विजयको मापदण्ड पूरा गर्न नसक्ने बताइन् ।

निर्मला सीतारमणले आन्ध्र प्रदेश वा तमिलनाडुबाट चुनाव लड्ने अनुमान गरिएको थियो । हाल उनी राज्यसभा सांसद छन् र उनको २०२८ सम्म कार्यकाल रहेको छ । निर्मला सीतारमण नरेन्द्र मोदीको दुवै कार्यकालमा मन्त्री भइन् र दुवै पटक राज्यसभा हुँदै संसदमा पुगेकी थिइन् ।


यसपटक भाजपाले राज्यसभा हुँदै संसदमा पुगेका आफ्ना मन्त्रीहरूसँग लोकसभा चुनाव लडाइरहेको छ । चुनाव लड्ने विषयमा सीतारमणले भनेकी थिइन्,‘मसँग चुनाव लड्ने पैसा छैन । मलाई अर्को समस्या छ । म आन्ध्र प्रदेश वा तमिलनाडुमा चुनाव जित्ने मापदण्ड पूरा गर्दिन । विशेष समुदाय, विशेष धर्मको समीकरण पनि छ । यस्तो अवस्थामा, मैले यी मापदण्डहरूमा फिट नहुने हुनाले लडदिन भनेँ । मेरो तर्कलाई पार्टीले स्वीकार गरेकोमा म आभारी छु ।'

निर्मला सीतारमणसँग दुई महत्त्वपूर्ण मन्त्रालयहरू छन् – वित्त र कर्पोरेट मामिला । निर्मला सीतारमण देशको पहिलो पूर्णकालिक महिला अर्थमन्त्री हुन् ।

यसअघि इन्दिरा गान्धी प्रधानमन्त्री हुँदा केही समय अर्थ मन्त्रालय पनि थियो । मोदीको पहिलो कार्यकालमा निर्मला सीतारमण रक्षामन्त्री थिइन् । सक्रिय राजनीतिमा आउनुअघि निर्मला सीतारमण जेएनयूमा पढेर कर्पोरेट क्षेत्रमा काम गरिरहेकी थिइन् । त्यसपछि उनी श्रीमानसँग लण्डन पुगिन् र त्यहाँ बीबीसीमा आबद्ध भइन् । निर्मला सीतारमण सन् १९९० को दशकमा भारत फर्किएर अध्यापनको क्षेत्रमा लागिन् । पछि उनले हैदरावादमा प्रणव स्कूल स्थापना गरिन् ।

निर्मला सीतारमण सन् २००८ मा भाजपामा प्रवेश गरेकी थिइन्, जब उनलाई राष्ट्रिय कार्यकारिणीमा बोलाइयो र उनले भाषण दिएकी थिइन् । उनको भाषणको विषय सुरक्षा र आर्थिक विषयमा थियो । त्यसपछि वरिष्ठ नेताहरूको ध्यान उनीतिर गएको थियो ।

निर्मला सीतारमण अटल बिहारी वाजपेयीको सरकारमा राष्ट्रिय महिला आयोगमा मनोनीत भएकी थिइन् । सन् २००९ मा उनलाई भाजपाको राष्ट्रिय प्रवक्ता बनाइएको थियो । निर्मला सीतारमणलाई २०१४ मा बीजेपीले राज्यसभा सांसद बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी