३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

स्तनको शल्यक्रिया गराउने एक बेलायती मोडलको मृत्यु

१९ चैत्र २०८०, सोमबार ०५:२६

चैत १९, लन्डन | बेलायती मोडल तथा ब्यूटिसियन डोना बटरफिल्डको मृत्यु भएको खुलासा भएको छ । 

स्पेनमा स्तनको शल्यक्रिया पछि ३० वर्षीया बेलायती मोडलको मृत्यु भएको एक रिपोर्टले दाबी गरेको छ ।

न्युज डट कम एयुमा प्रकाशित समाचार अनुसार यो घटना सेप्टेम्बर २०२३ मा भएको थियो, जब डोना बटरफिल्डले माजोर्काको पाल्माको एक निजी क्लिनिकमा स्तनको दुईवटा शल्यक्रिया गराइन्। 

यसभन्दा केही वर्षअघि उनले आफ्नो स्तनको आकार बढाउनको लागि शल्यक्रिया पनि गराएकी थिइन् तर केही समस्याका कारण उनले पुनः शल्यक्रिया गर्नुपरेको थियो, जसको लागत स्वरूप ११ हजार ६५० अमेरिकन डलर खर्च गरेकी थिइन् ।


समाचार ब्यूटीशियन डोना बटरफिल्डलाई पहिलेदेखि नै मुटुको समस्या रहेको र एनेस्थेसियाको प्रतिक्रियाका कारण हृदयघात भएको दाबी गरिएको छ। यसपछि उनलाई पाल्माको सन एस्पेस युनिभर्सिटीको अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको १४ सेप्टेम्बर २०२३ मा मृत्यु भयो।

डोना बटरफिल्डको परिवारले उनको शल्यक्रिया गर्दा सावधानी अपनाइएको दाबी गरेको थियो। बेलायती मोडलका परिवारले कस्मेटिक सर्जनमाथि आरोप लगाए पछि भने बल्ल प्रहरीले पनि यस विषयमा अनुसन्धान सुरू गरेको छ ।

यस सम्बन्धमा क्लिनिकका प्रबन्धक र एनेस्थेटिस्टलाई पक्राउ गरिएको छ । क्लिनिकका ६९ वर्षीय प्रबन्धकलाई हत्या र शल्यक्रियामा लापरबाही गरेको आरोपमा मुद्दा दायर गरिएको थियो । प्रहरी अनुसन्धानले बिरामीलाई जोखिमबारे सचेत नगरी दोस्रो कस्मेटिक शल्यक्रिया प्रक्रिया सुरु गरेको पाइएको छ ।

पुलिस रिपोर्टका अनुसार ब्यूटीशियन डोना बटरफिल्डको हृदयघातको क्रममा टाउकोमा गम्भीर चोट लागेको थियो, जसबाट उनी निको हुन सकिनन्। बटरफिल्ड दुई हप्ता भन्दा कम पछि मरेकी थिइन । यो खुलासा तब भयो जब क्लिनिकका निर्देशकलाई स्पेनिस नेसनल पुलिसले माजोर्कामा पक्राउ गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’