२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पृथ्वीको सतहभन्दा ७०० किलोमिटर तल भेटियो सबैभन्दा ठूलो महासागर

२०८०, २२ चैत्र बिहीबार ०३:१८

चैत २२, काठमाडौँ | पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अमेरिकाको इलिनोइस राज्यका अनुसन्धानकर्ताहरूले यो पत्ता लगाएका हुन् ।

यसमा सबै महासागरको कुल पानीको तुलनामा तीन गुणा बढी पानी रहेको उनीहरुले बताएका छन् । पृथ्वीमा पानी कहाँबाट आयो भनेर खोजी गर्दा वैज्ञानिकहरूले यस महासागरको बारेमा पत्ता लगाएको रिपोर्टमा बताइएको छ |

यो महासागर पृथ्वीको सतह मुनि निलो चट्टानमा लुकेको छ । खोज टोलीका वैज्ञानिक स्टिभ ज्याकबसनले चट्टान स्पन्ज जस्तै छ जसले पानीलाई अवशोषित गरिरहने बताए । २ हजार सिस्मोमिटरबाट ५ सय भूकम्पको अध्ययन गरी यो महासागर पत्ता लागेको हो ।

जब पृथ्वी मुनि बुलन्द छालहरू ओसिलो चट्टानबाट गुज्र्छन्, तिनीहरूको गति सुस्त हुन्छ । सिस्मोमिटरबाट यी छालहरू अध्ययन गरेपछि महासागर पत्ता लागेको हो ।

यस खोजको बारेमा जानकारी पहिलो पटक सन् २०१४ मा दिइएको थियो । यो कुरा एक वैज्ञानिक पेपर 'डिहाइड्रेसन मेल्टिङ एट द टप अफ द लोअर मेन्टल' मा रिपोर्ट गरिएको थियो । तर, अहिले यो अनुसन्धान भाइरल भइरहेको छ । यस महासागरको उत्पत्तिपछि पृथ्वीमा पानीको उत्पत्तिबारे नयाँ सिद्धान्त फेला परेको छ ।

धेरै रिपोर्टहरूमा यो दावी गरिएको छ कि धूमकेतु पृथ्वीसँग ठोक्किएपछि यसको प्रभावका कारण पानी उत्पन्न भएको थियो । यद्यपि, पृथ्वीको सतह मुनि रहेको महासागरबाट, यो सम्भव छ कि समयसँगै पृथ्वी मुनिबाट समुद्रहरू निस्किएका छन् ।

वैज्ञानिक जेकबसनले यो महासागर पृथ्वी मुनि रहनु आवश्यक रहेको बताए किनभने यो सतहबाट बाहिर आयो भने पृथ्वीमा पानी मात्र रहनेछ । हिमालका अग्ला चुचुराहरू मात्र जमिनको नाममा बाँच्न सक्नेछन् ।

मुसलधारे पानी होस्, केतलीबाट निस्केको बाफ होस् वा ब्लक पिसेर तयार पारिएको बरफको रसिलो गोला होस् । पानीका यी तीन प्रकारलाई रसायनशास्त्रमा H₂O भनिन्छ । H₂O को अर्थ पानीको अणु हो । अणु कुनै पनि पदार्थको एकाइ हो ।

यो हाम्रो शरीर कोशिकाहरु मिलेर बनेको जस्तै हो । यसको मतलब कोशिकाहरू हाम्रो शरीरको एकाइ हुन् । H₂O अर्थात पानी तीनवटा परमाणु मिलेर बनेको हुन्छ । त्यहाँ दुई हाइड्रोजन परमाणु र एक अक्सिजन परमाणु छन् । त्यसैले यसको नाम H₂O राखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी