३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायलमा इरान समर्थित हिजबुल्लाहको आक्रमण, दर्जनौं रकेट प्रहार

१ बैशाख २०८१, शनिबार ०९:४९

वैशाख १, बेरुत । हिजबुल्लाह समुहले इजरायली तोपखानामा आक्रमण गरेका छन् ।

लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले शुक्रबार इजरायली तोपखाना स्थानहरूमा दर्जनौं रकेट प्रहार गरेका छन ।

हिजबुल्लाह समुहका अनुसार दर्जनौं काट्युशा रकेटहरू  प्रहार गरेको बताएको छ । यो बमबारी दक्षिणमा इजरायली हमलाहरूको जवाफमा भएको थियो।

प्यालेस्टिनी लडाकु समूहले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि हमासको सहयोगी हिजबुल्लाहले इजरायली सेनासँग नजिकैको सीमापार गोलीबारी हानाहान गर्दै आएका छन् । हिजबुल्लाह लडाकुले भन्यो, ‘शत्रुको तोपखाना पोजिसनहरूमा  दर्जनौं काट्युशा रकेट निशाना बनाइएको छ, यो दक्षिणी गाउँहरू र नागरिक घरहरूमा दुश्मनको आक्रमणको प्रतिक्रियामा थियो।’

इजरायली सेनाका अनुसार लेबनानी क्षेत्रबाट लगभग ४० रकेट पहिचान गरिएको थियो, जसमध्ये केहीलाई रोकिएको थियो। लेबनानको राज्य संचालित राष्ट्रिय समाचार एजेन्सीले इजरायलले सीमा नजिकका धेरै गाउँहरूमा बमबारी भएको जनाएको छ ।

हिंसाले अहिलेसम्म लेबनानमा कम्तिमा ३६३ जनाको ज्यान लिइसकेको छ, जसमा अधिकांश हिजबुल्लाह लडाकुहरू छन् तर कम्तिमा १० नागरिकहरू पनि समावेश छन् । साथै, इजरायलमा सेनाका १० सैनिक र ८ सर्वसाधारण मारिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’