२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायलमा इरान समर्थित हिजबुल्लाहको आक्रमण, दर्जनौं रकेट प्रहार

२०८१, १ बैशाख शनिबार ०९:४९

वैशाख १, बेरुत । हिजबुल्लाह समुहले इजरायली तोपखानामा आक्रमण गरेका छन् ।

लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले शुक्रबार इजरायली तोपखाना स्थानहरूमा दर्जनौं रकेट प्रहार गरेका छन ।

हिजबुल्लाह समुहका अनुसार दर्जनौं काट्युशा रकेटहरू  प्रहार गरेको बताएको छ । यो बमबारी दक्षिणमा इजरायली हमलाहरूको जवाफमा भएको थियो।

प्यालेस्टिनी लडाकु समूहले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि हमासको सहयोगी हिजबुल्लाहले इजरायली सेनासँग नजिकैको सीमापार गोलीबारी हानाहान गर्दै आएका छन् । हिजबुल्लाह लडाकुले भन्यो, ‘शत्रुको तोपखाना पोजिसनहरूमा  दर्जनौं काट्युशा रकेट निशाना बनाइएको छ, यो दक्षिणी गाउँहरू र नागरिक घरहरूमा दुश्मनको आक्रमणको प्रतिक्रियामा थियो।’

इजरायली सेनाका अनुसार लेबनानी क्षेत्रबाट लगभग ४० रकेट पहिचान गरिएको थियो, जसमध्ये केहीलाई रोकिएको थियो। लेबनानको राज्य संचालित राष्ट्रिय समाचार एजेन्सीले इजरायलले सीमा नजिकका धेरै गाउँहरूमा बमबारी भएको जनाएको छ ।

हिंसाले अहिलेसम्म लेबनानमा कम्तिमा ३६३ जनाको ज्यान लिइसकेको छ, जसमा अधिकांश हिजबुल्लाह लडाकुहरू छन् तर कम्तिमा १० नागरिकहरू पनि समावेश छन् । साथै, इजरायलमा सेनाका १० सैनिक र ८ सर्वसाधारण मारिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी