२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मोबाइल खोसेपछि बा-आमा र बहिनीको गोली हानेर हत्या

१० जेष्ठ २०८१, बिहीबार ११:३८

जेठ १०,  साओ पाउलो | पछिल्लो समय  मोबाइल र जीवन एक अर्काका पर्यायवाची जस्तै लाग्न थालेका छन्। बालबालिकालाई भुलाउन, खेलाउन फकाउन मोबाइल फोन दिने प्रचलन बढ्दो छ। बच्चादेखि बूढाबूढीसम्म सबै जनालाई मोबाइलको लत लागेको छ ।  मोबाइल एक क्षण चलाउन नपाउँदा छट्पटाहट हुने स्थिति छ । यसकै लतका कारण ठूल्ठूला दुर्घटना पनि भएका छन् ।  

ब्राजिलमा पनि मोबाइलको लतका कारण एक १५ वर्षीय किशोरले आफ्नै बा-आमा र बहिनीको हत्या गरेका छन् । यो घटना साओ पाउलोमा घटेको हो । घटनाका जाँच प्रमुख रोबर्टो अफोन्सोका अनुसार एकजना नगर प्रहरी र उनकी पत्नीले बालकलाई धर्मपुत्रको रूपमा पालेका थिए । 


किशोरसँग बहसपछि बा-आमाले उनको हातमा भएको मोबाइल खोसिदिए । मोबाइल खोसेपछि रिसाएका किशोरले ५७ वर्षीय पिताको सर्भिस पेस्तोल उठाएर उनकाे ढाडमा गोली हाने ।

माथिल्लो तलामा बसिरहेकी १६ वर्षीय बहिनीलाई पनि अनुहारमै गोली हाने ।  घटनाको समयमा किशोरकी आमा घरमा थिइनन् । 

केही घन्टामा उनी घर फर्किइन् । तर किशोरले उनको पनि गोली हानेर हत्या गरिदिए । यो घटना शुक्रबारको हो । 

सोमबारसम्म किशोर माता पिता र बहिनीको शवको साथमा घरमै बसे । यसबिच ती किशोर जिम र बेकरी पनि गएको बताइएको छ ।

सोमबार किशोरले आफैँले प्रहरीलाई घटनाबारे जानकारी दिए र आफ्नो अपराध पनि स्वीकारे ।  उनलाई प्रहरीले हिरासतमा राखेको छ ।

नाबालिग भएकोले किशोरमाथि मुद्दा चलाइएको छैन । प्रहरीले यस घटनाको गम्भीर रूपमा छानबिन गरिरहेको छ । यो घटनामा किशोरबाहेक अरू कोही पनि संलग्न छन् कि भनेर छानबिन भइरहेको छ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ