२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मोबाइल खोसेपछि बा-आमा र बहिनीको गोली हानेर हत्या

२०८१, १० जेष्ठ बिहीबार ११:३८

जेठ १०,  साओ पाउलो | पछिल्लो समय  मोबाइल र जीवन एक अर्काका पर्यायवाची जस्तै लाग्न थालेका छन्। बालबालिकालाई भुलाउन, खेलाउन फकाउन मोबाइल फोन दिने प्रचलन बढ्दो छ। बच्चादेखि बूढाबूढीसम्म सबै जनालाई मोबाइलको लत लागेको छ ।  मोबाइल एक क्षण चलाउन नपाउँदा छट्पटाहट हुने स्थिति छ । यसकै लतका कारण ठूल्ठूला दुर्घटना पनि भएका छन् ।  

ब्राजिलमा पनि मोबाइलको लतका कारण एक १५ वर्षीय किशोरले आफ्नै बा-आमा र बहिनीको हत्या गरेका छन् । यो घटना साओ पाउलोमा घटेको हो । घटनाका जाँच प्रमुख रोबर्टो अफोन्सोका अनुसार एकजना नगर प्रहरी र उनकी पत्नीले बालकलाई धर्मपुत्रको रूपमा पालेका थिए । 


किशोरसँग बहसपछि बा-आमाले उनको हातमा भएको मोबाइल खोसिदिए । मोबाइल खोसेपछि रिसाएका किशोरले ५७ वर्षीय पिताको सर्भिस पेस्तोल उठाएर उनकाे ढाडमा गोली हाने ।

माथिल्लो तलामा बसिरहेकी १६ वर्षीय बहिनीलाई पनि अनुहारमै गोली हाने ।  घटनाको समयमा किशोरकी आमा घरमा थिइनन् । 

केही घन्टामा उनी घर फर्किइन् । तर किशोरले उनको पनि गोली हानेर हत्या गरिदिए । यो घटना शुक्रबारको हो । 

सोमबारसम्म किशोर माता पिता र बहिनीको शवको साथमा घरमै बसे । यसबिच ती किशोर जिम र बेकरी पनि गएको बताइएको छ ।

सोमबार किशोरले आफैँले प्रहरीलाई घटनाबारे जानकारी दिए र आफ्नो अपराध पनि स्वीकारे ।  उनलाई प्रहरीले हिरासतमा राखेको छ ।

नाबालिग भएकोले किशोरमाथि मुद्दा चलाइएको छैन । प्रहरीले यस घटनाको गम्भीर रूपमा छानबिन गरिरहेको छ । यो घटनामा किशोरबाहेक अरू कोही पनि संलग्न छन् कि भनेर छानबिन भइरहेको छ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन