२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

यौन उत्पीडनको आरोप लागेका भारतका जेडीएस नेता रेवन्ना पक्राउ

१८ जेष्ठ २०८१, शुक्रबार ०३:३६

जेठ १८, काठमाडौँ । सयौं महिलालाई यौन उत्पीडन गरेको आरोप लागेका भारतका जेडीएस नेता प्रज्ज्वल रेवन्ना पक्राउ परेका छन् ।

जर्मनीबाट फर्किएर भारत आउदै गरेका रेवन्नालाई बैंगलोर विमानस्थलमा विशेष अनुसन्धान टोली (एसआईटी) ले पक्राउ गरेको हो । उनलाई आज अदालतमा पेश गरिने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रज्जवल रेवन्ना सेक्स भिडियो काण्डका मुख्य अभियुक्त हुन् । एसआईटीले प्रज्ज्वललाई विमानमा चढ्ने क्रममा निगरानी गर्न एयरलाइन्स र अधिकारीहरूसँग पहिले नै समन्वय गरिसकेको थियो ।

यौन उत्पीडनको आरोपमा परेका प्रज्वलले यसअघि नै भिडियो सन्देश जारी गर्दै मे ३१ मा भारत फर्कने घोषणा गरेका थिए । त्यसपछि एसआईटी बैंगलोर अन्तर्राष्ट्रिय विमानस्थलमा रेवन्नालाई पक्राउ गर्न तयार थियो। हालै इन्टरपोलले रेभान्नाविरुद्ध ब्लु कर्नर नोटिस जारी गरेको थियो ।

यसअघि बिहीबार कैयौं महिलामाथि यौन शोषणको आरोप लागेका जनता दल (धर्मनिरपेक्ष) का निलम्बित नेता प्रज्ज्वल रेवन्नाविरुद्ध सयौंले प्रदर्शन गर्दै पीडितलाई न्यायको माग गरेका थिए । कार्यक्रममा प्रदेशभरका महिला, मजदुर, किसान र दलितको सहभागिता थियो ।

हसन लस सीटबाट लोकसभामा एनडीए उम्मेदवार समेत रहेका रेवन्ना आरोप लगत्तै विदेश फरार भएका थिए । उनीविरुद्ध हालसम्म दुईवटा यौन शोषणको मुद्दा दर्ता भइसकेको छ । यसैबीच रेवन्नाका वकिलले बलात्कार मुद्दामा विशेष अदालतमा अग्रिम धरौटीका लागि निवेदन दिएका थिए, जुन खारेज भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह