२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ट्रम्प दोषी ठहर, अब राष्ट्रपति चुनाव लड्न पाउछन् ?

१८ जेष्ठ २०८१, शुक्रबार ०६:२४

जेठ १८, काठमाडौँ । न्यूयोर्कको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोषी ठहर गरेको छ । सजाय जुलाई ११ मा सुनाइनेछ । ट्रम्पले यो निर्णयलाई लाजमर्दो र धाँधली भएको बताएका छन् ।

अमेरिकी इतिहासमा वर्तमान वा पूर्व राष्ट्रपतिलाई आपराधिक मुद्दामा मुद्दा चलाइएर दोषी ठहराइएको पहिलो पटक हो । ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुन् ।

उनलाई दोषी ठहराएपछि ट्रम्पको अभियान टोलीले उनलाई ‘राजनीतिक बन्दी’ को रूपमा प्रस्तुत गरेको र यसपछि ठूलो संख्यामा मानिसले चन्दा दिएको दाबी गरिएको छ ।


बाइडेन सत्तारुढ डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार हुन् । ट्रम्पले २०१६ को राष्ट्रपति चुनाव अघि उनलाई चुप लगाउन पोर्न स्टार स्टर्मी डेनियललाई भुक्तानी गरेक ओर्क लुकाएको र आफ्नो व्यापार रेकर्ड झूटो देखाएको आरोप लागेको थियो ।

ट्रम्पले आफूमाथि लगाइएको कागजात छेडछाड गरेको आरोपलाई अस्वीकार गर्दै आएका छन् । उनले स्टर्मी डेनियलसँग यौन सम्पर्क गरेको कुरालाई पनि अस्वीकार गरेका छन् ।

दोषी ठहर भए पनि ट्रम्प यसै वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवार बन्न सक्नेछन् ।

अमेरिकी संविधानले राष्ट्रपति पदका उम्मेदवारका लागि अपेक्षाकृत न्यूनतम योग्यता ३५ वर्षको उमेर भएको, संयुक्त राज्यको आजीवन नागरिक भएको र कम्तीमा १४ वर्षसम्म संयुक्त राज्य अमेरिकामा बसेको उल्लेख गरेको छ ।

आपराधिक अभिलेख भएका उम्मेदवारलाई चुनाव लड्न नदिने कानुन छैन, जेलमा रहेका व्यक्तिले पनि राष्ट्रपतिको चुनाव लड्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह