२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आत्मसमर्पण गर्दै केजरीवाल, भन्छन्- देशलाई तानाशाहीबाट जोगाउन जेल जानुमा गर्व छ

१८ जेष्ठ २०८१, शुक्रबार ११:२७

जेठ १८, काठमाडौँ । कथित मदिरा घोटालामा भारतको सर्वोच्च अदालतबाट अन्तरिम जमानत पाएर रिहा भएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तिहाड जेल जाने बताएका छन् ।

उनको अन्तरिम जमानत जुन १ सकिँदैछ ।

शुक्रबार जारी गरेको भिडियो सन्देशमा उनले भने, ‘सर्वोच्च अदालतले मलाई चुनाव प्रचारका लागि २१ दिन दिएको थियो र भोलि २१ दिन पूरा हुँदैछ र भोलि म दिउँसो तीन बजे आत्मसमर्पण गरेर तिहाड जेल जान्छु ।’


‘मलाई थाहा छैन यी मानिसहरूले मलाई यस पटक जेलमा कति दिन राख्छन्, तर मेरो मनोबल उच्च छ । देशलाई तानाशाहीबाट जोगाउन जेल जानुमा मलाई गर्व छ ।’ उनले यसअघि भने ।

केजरीवाल थप भन्छन्, ‘उनीहरूले मलाई धेरै तरिकाले झुकाउने, तोड्ने र चुप लगाउने प्रयास गरे तर, सफल भएनन् । जब म जेलमा थिएँ, उनीहरूले मलाई धेरै प्रकारले यातना दिए, उनीहरूले मेरो औषधि बन्द गरे । म २० वर्षदेखि गम्भीर मधुमेहबाट पीडित छु र १० वर्षदेखि दैनिक इन्सुलिन लिइरहेको छु । जेलमा धेरै दिनदेखि इन्सुलिन नहुँदा चिनी ३ सय नाघेको थियो । मेरो तौल ६ किलोले घट्यो ।’

‘अहिले म बाहिर छु, अझै वजन बढेको छैन । यो शरीरमा कुनै ठूला रोगको संकेत हुनसक्ने र धेरै परीक्षण गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।’ केजरीवालले भने ।

केजरीवाल १० मेमा जमानतमा छुटेका थिए ।

सशर्त जमानतमा अदालतले के भन्यो ?

अदालतले आफ्नो आदेशमा लोकसभा चुनाव प्रत्येक पाँच वर्षमा हुने एउटा महत्त्वपूर्ण लोकतान्त्रिक घटना भएको बताएको थियो । ‘केजरीवालको कुनै आपराधिक रेकर्ड छैन र ‘समाजको लागि खतरा’ होइन’ अदालतले भनेको थियो ।

अदालतले केही शर्तसहित धरौटीमा आदेश दिएको थियो । आदेशमा केजरीवाल मुख्यमन्त्रीको कार्यालयमा नजाने भनिएको थियो ।

दिल्लीका उपराज्यपालको स्वीकृति प्राप्त गर्न कुनै आदेशमा उनको हस्ताक्षर आवश्यक नभएसम्म कुनै फाइलमा हस्ताक्षर गर्ने छैनन् ।

केजरीवालले आफ्नो विरूद्धमा चलिरहेको हालको मुद्दाको बारेमा कुनै बयान दिने छैनन् र मुद्दासँग सम्बन्धित साक्षीहरूसँग कुरा गर्ने छैनन् । तर, केजरीवालले आफ्नो राजनीतिक गतिविधि जारी राख्न सक्छन् ।

लोकसभा चुनावको अन्तिम सातौं चरणको मतदान भोलि अर्थात् जुन १ मा हुँदैछ र अदालतको आदेश अनुसार केजरीवालले आत्मसमर्पण गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह