२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आत्मसमर्पण गर्दै केजरीवाल, भन्छन्- देशलाई तानाशाहीबाट जोगाउन जेल जानुमा गर्व छ

२०८१, १८ जेष्ठ शुक्रबार ११:२७

जेठ १८, काठमाडौँ । कथित मदिरा घोटालामा भारतको सर्वोच्च अदालतबाट अन्तरिम जमानत पाएर रिहा भएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तिहाड जेल जाने बताएका छन् ।

उनको अन्तरिम जमानत जुन १ सकिँदैछ ।

शुक्रबार जारी गरेको भिडियो सन्देशमा उनले भने, ‘सर्वोच्च अदालतले मलाई चुनाव प्रचारका लागि २१ दिन दिएको थियो र भोलि २१ दिन पूरा हुँदैछ र भोलि म दिउँसो तीन बजे आत्मसमर्पण गरेर तिहाड जेल जान्छु ।’


‘मलाई थाहा छैन यी मानिसहरूले मलाई यस पटक जेलमा कति दिन राख्छन्, तर मेरो मनोबल उच्च छ । देशलाई तानाशाहीबाट जोगाउन जेल जानुमा मलाई गर्व छ ।’ उनले यसअघि भने ।

केजरीवाल थप भन्छन्, ‘उनीहरूले मलाई धेरै तरिकाले झुकाउने, तोड्ने र चुप लगाउने प्रयास गरे तर, सफल भएनन् । जब म जेलमा थिएँ, उनीहरूले मलाई धेरै प्रकारले यातना दिए, उनीहरूले मेरो औषधि बन्द गरे । म २० वर्षदेखि गम्भीर मधुमेहबाट पीडित छु र १० वर्षदेखि दैनिक इन्सुलिन लिइरहेको छु । जेलमा धेरै दिनदेखि इन्सुलिन नहुँदा चिनी ३ सय नाघेको थियो । मेरो तौल ६ किलोले घट्यो ।’

‘अहिले म बाहिर छु, अझै वजन बढेको छैन । यो शरीरमा कुनै ठूला रोगको संकेत हुनसक्ने र धेरै परीक्षण गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।’ केजरीवालले भने ।

केजरीवाल १० मेमा जमानतमा छुटेका थिए ।

सशर्त जमानतमा अदालतले के भन्यो ?

अदालतले आफ्नो आदेशमा लोकसभा चुनाव प्रत्येक पाँच वर्षमा हुने एउटा महत्त्वपूर्ण लोकतान्त्रिक घटना भएको बताएको थियो । ‘केजरीवालको कुनै आपराधिक रेकर्ड छैन र ‘समाजको लागि खतरा’ होइन’ अदालतले भनेको थियो ।

अदालतले केही शर्तसहित धरौटीमा आदेश दिएको थियो । आदेशमा केजरीवाल मुख्यमन्त्रीको कार्यालयमा नजाने भनिएको थियो ।

दिल्लीका उपराज्यपालको स्वीकृति प्राप्त गर्न कुनै आदेशमा उनको हस्ताक्षर आवश्यक नभएसम्म कुनै फाइलमा हस्ताक्षर गर्ने छैनन् ।

केजरीवालले आफ्नो विरूद्धमा चलिरहेको हालको मुद्दाको बारेमा कुनै बयान दिने छैनन् र मुद्दासँग सम्बन्धित साक्षीहरूसँग कुरा गर्ने छैनन् । तर, केजरीवालले आफ्नो राजनीतिक गतिविधि जारी राख्न सक्छन् ।

लोकसभा चुनावको अन्तिम सातौं चरणको मतदान भोलि अर्थात् जुन १ मा हुँदैछ र अदालतको आदेश अनुसार केजरीवालले आत्मसमर्पण गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन