२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

कुवेतका पुर्ब प्रधानमन्त्री नयाँ युवराजमा घोषणा

२१ जेष्ठ २०८१, सोमबार ०२:४९

जेठ २१, कुबेत । कुबेतका अमिरले राजगद्दी सम्हालेको छ महिनापछि र संसद निलम्बन गरेको केही हप्तापछि शनिबार नयाँ युवराजका रूपमा शेख सबाह खालिद अल–हमाद अल–सबाहको नाम सार्वजनिक गरेका छन् ।

सन् २०११ देखि २०१९ सम्म खाडी मुलुकको विदेशमन्त्री र सन् २०२२ सम्म प्रधानमन्त्री भइसकेका ७१ वर्षीय शेख राजनीतिक एवं कुटनीतिक जगतमा अनुभवी व्यक्ति मानिन्छन् ।

गत मे महिनामा ८३ वर्षीय अमिर शेख मेशाल अल अहमद अल सबाहले निर्वाचनको छ हप्तापछि संसद विघटन गरेपछि कुवेतमा नयाँ राजनीतिक उथलपुथल मच्चिएको थियो । उनले संविधानका केही प्रावधान पनि निलम्बन गरेका थिए ।

गत डिसेम्बरमा राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेपछि उनले दोस्रो सरकार गठन गरी जिम्मेवारी तोकेका थिए । अन्य खाडी मुलुकहरूको तुलनामा कुवेतमा प्रभावशाली संसद् छ भने अधिकांश शक्ति राजपरिवारमा छ ।

सांसदहरूसँग अधिकार भएपनि सरकारसँग उनीहरूको नियमित लडाईंले बारम्बार सङ्कट निम्त्याउँछ ।

कुवेतसँग विश्वको करिब सात प्रतिशत तेल भण्डार छ र यो देशमा विश्वको सबैभन्दा ठूलो सार्वभौम सम्पत्ति कोष रहेको छ । तर, हालैका वर्षहरूमा कुवेतले आफ्नो अर्थतन्त्रलाई तेलमा निर्भरताबाट टाढा राख्न सङ्घर्ष गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह