२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

व्यवसायी एवं लगानीकर्ता टोमसदोत्तिर आइसल्याण्डको राष्ट्रपतिमा निर्वाचित

२१ जेष्ठ २०८१, सोमबार ०३:१७

जेठ २१, काठमाडौँ । व्यवसायी एवं लगानीकर्ता हाल्ला टोमसदोत्तिर आइसल्याण्डको राष्ट्रपतिमा निर्वाचित भएकी छन् ।

५५ वर्षीय टोमसदोत्तिरले ३४.३ प्रतिशत मत ल्याएर पूर्वप्रधानमन्त्री क्याट्रिन जाकोब्सडोटिरलाई पराजित गरेको अल जजिराले उल्लेख गरेको छ । उनले २५.२ प्रतिशत मत प्राप्त गरेका थिए । आइसल्याण्डका राष्ट्रपतिले संविधान र राष्ट्रिय एकताको ग्यारेन्टरको रूपमा काम गर्दै संसदीय गणतन्त्रमा ठूलो मात्रामा औपचारिक पद धारण गर्दछ । यद्यपि उनीसँग कानूनलाई भिटो गर्ने वा जनमत संग्रहमा पेश गर्ने शक्ति हुन्छ ।

उनले राष्ट्रपति गुड्नी थ जोहानेसनको ठाउँ लिने भएकी छन् । उनले आफ्नो चार वर्षको दुई कार्यकाल पछि पुन: चुनाव लड्न अस्वीकार गरेका थिए । अब टोमसदोत्तिर अगस्त १ मा पदभार ग्रहण गर्ने छिन् ।

उत्तरी एट्लान्टिकमा अवस्थित नर्डिक टापु राष्ट्र आइसल्याण्डमा महिलालाई उच्च पदमा निर्वाचित गर्ने लामो परम्परा छ ।

भिगडीस फिनबोगाडोत्तिर १९८० मा आइसल्याण्डको राज्य प्रमुख हुँदा कुनै पनि राष्ट्रको लोकतान्त्रिक रूपमा निर्वाचित पहिलो महिला राष्ट्रपति बनेकी थिइन् ।

विश्वव्यापी वित्तीय संकटले आइसल्याण्डको अर्थतन्त्रलाई ध्वस्त पारेपछि सन् २००९ देखि २०१३ सम्म जोहान्ना सिगुर्दडोटिरले प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गरेकी थिइन् ।

त्यस्तै ४८ वर्षीय जाकोब्सडोटिर २०१७ मा प्रधानमन्त्री बनिन् र चार वर्षमा तीनवटा निर्वाचन गराउने संकटको चक्र अन्त्य गर्ने बृहत् गठबन्धनको नेतृत्व गरिन् । उनले अप्रिलमा राष्ट्रपति पदमा उम्मेदवारी दिन राजीनामा दिएकी थिइन् ।

३ लाख ८० हजार जनसंख्या भएको आइसल्याण्डमा १५०० हस्ताक्षर जम्मा गर्ने कुनै पनि नागरिकले राष्ट्रपतिको उम्मेदवार बन्न पाउने नियम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो