२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ट्रम्प र बाइडेन बाहेक अमेरिकामा तेस्रो राष्ट्रपति उम्मेद्वार ओलिभर को हुन् ?

२२ जेष्ठ २०८१, मंगलवार ०३:३२

जेठ २२, काठमाडौँ । जब मतदाताहरू अमेरिकी राष्ट्रपतिको चुनावको लागि मतदान गर्न जान्छन्, उनीहरूले मतदान केन्द्रमा उम्मेद्वारको रूपमा कम चिनिने व्यक्तित्व पनि देख्न सक्छन्, त्यो चेज ओलिभर हो ।

चेज ओलिभर यस वर्ष लिबर्टेरियन पार्टीको राष्ट्रपति पदका उम्मेदवार हुन् । राष्ट्रिय स्तरमा झन्डै एक प्रतिशत मत जित्ने यो सानो राजनीतिक दल हो । साथै, यो पार्टी नागरिक स्वतन्त्रताको प्रवर्द्धनका लागि परिचित छ ।

अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार बन्नको लागि न्यूनतम उमेर ३५ वर्ष, चेज ओलिभरको उमेर ३८ वर्ष छ । उनी यस वर्षको चुनावमा अहिलेसम्मकै कान्छो उम्मेदवार हुन् । उनी खुलेर आफूलाई समलिङ्गी भनेर बोलाउने एकमात्र उम्मेदवार पनि हुन् । उनको यो कदमले समलिङ्गी नेताहरुका लागि उदाहरण बस्ने विश्वास छ ।

जर्जियाका पूर्व कङ्ग्रेसका उम्मेदवार चेजले यस चुनावमा आफूलाई तेस्रो पक्ष भेट्टाए, जहाँ इतिहास आफैं दोहोरिन सक्छ ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीको उम्मेदवारी जितेका छन् र राष्ट्रपति जो बाइडेन डेमोक्रेटको रूपमा दोस्रो कार्यकालको लागि दौडिरहेका छन् । यस्तो अवस्थामा ट्रम्प र बाइडेनबीच फेरि प्रतिस्पर्धा हुने सम्भावना छ ।

शनिबार, ट्रम्पले वाशिंगटन डीसीमा लिबर्टेरियन पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनीहरूको समर्थन मागे । यो अवधिमा उनले धेरै हटीङको सामना गर्नुपरेको थियो ।

सात चरणको मतदान पछि भोलिपल्ट पार्टीको राष्ट्रपतिको उम्मेदवारी जित्ने चेज ओलिभरको लागि यो कुनै आश्चर्यको कुरा थिएन । ओलिभरले ट्रम्प आफ्ना मतदातालाई लोभ्याउन आएको बताउदै मतदाताले उनलाई जसरी स्वागत गर्नुपर्ने थियो त्यसरी नै गरेको बताए ।

डोनाल्ड ट्रम्प यस सम्मेलनलाई सम्बोधन गर्ने एक मात्र बाहिरी व्यक्ति थिएनन् । राष्ट्रपति पदका उम्मेदवार रोबर्ट एफ केनेडीले पनि सम्मेलनलाई सम्बोधन गरे र न्यानो स्वागत गरियो । तर, मतदानको समय आएपछि उनले २ प्रतिशत मात्रै प्रतिनिधिको समर्थन पाए र पहिलो चरणबाटै बाहिरिए ।

अमेरिकी चुनावी सर्वेक्षणहरूमा केनेडीले दशकहरूमा कुनै पनि तेस्रो पक्ष वा स्वतन्त्र उम्मेदवारको तुलनामा धेरै राम्रो प्रदर्शन गरिरहेका छन् ।

केनेडीले आफ्नो उच्चतम स्तरमा लगभग १५ प्रतिशत मत पाएका छन् । २०१६ को चुनावी परिणामहरूमा, लिबर्टेरियन पार्टीका उम्मेद्वार ग्यारी जोनसनले ३ प्रतिशत मत प्राप्त गरेका थिए, जुन केनेडीको तथ्याङ्क भन्दा धेरै कम हो ।

ओलिभर पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका भतिजा रोबर्ट एफ केनेडीले किन राम्रो गर्ने बताउछन । तर उनले बाहिरी व्यक्ति खोज्ने मतदाताले आफ्नो पार्टीलाई नै रोज्ने दाबि गरे ।

अमेरिकामा अहिले लिबर्टेरियन उम्मेद्वारले अघिल्लो वर्षको तुलनामा यस वर्षको चुनाव चक्रमा बढी प्रभाव पार्न सक्ने विश्लेषण गरेका छन् ।

लिबर्टेरियन पार्टीका वाचा के छन्?

३२ वर्षीया अलाना लेगुइया लिबर्टेरियन कन्भेन्सनमा सहभागी भइन् र उनी नोभेम्बरमा ओलिभरलाई मतदान गर्ने बारे सोचिरहेको बताइन । मानिसहरू ट्रम्प र बाइडेनबाट थकित भएको बताउदै विकल्प खेज्नुपर्ने बताइन ।

लिबर्टेरियन पार्टीले गरेका वाचाहरूमा व्यक्तिगत स्वतन्त्रतामा जोड, खर्च घटाउने र सरकारको दायरा सीमित गर्ने समावेश छ। व्यावहारिक सर्तहरूमा, यसमा लागूऔषध र वेश्यावृत्तिलाई अपराधरहित बनाउने, हतियार बोक्ने अधिकार विस्तार गर्ने, अमेरिकी सैन्य खर्च कटौती गर्ने र खुला आप्रवासनलाई अनुमति दिने समावेश छ ।

पार्टीका केही अडानहरूमा सीमित जनसमर्थन छ र यी अडानहरू हाल मूलधारको राजनीतिक बहसको विपरीत छन् ।

ओलिभरले आफ्नो पार्टीको अपिललाई युवा मतदातासम्म पुर्याउने आफ्नो आगामी अभियानको उद्देश्य रहेको बताए । पछिल्लो समय राजनीतिक अवस्थाप्रति युवाहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

४० वर्षीया एरिन वुड वर्षौंदेखि स्वतन्त्रतावादी हुन् र केनेडी वा ट्रम्पले आफ्नो पार्टीलाई विजयी गराउन सक्षम हुनेछन् कि भनेर निश्चित छैन। उनी भन्छिन्, ‘हाम्रो पार्टी जिद्दी छ । उनी आफ्नो पार्टीको उम्मेदवारलाई भोट दिने सोचमा छिन् । "मसँग अहिले प्लान बी छैन," उनी भन्छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो