२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

एनडीए गठबन्धनले मोदीलाई नेता चयन गर्दै, आजै सरकार बनाउने दाबी पेश गर्ने

२५ जेष्ठ २०८१, शुक्रबार ०७:०४

जेठ २५, काठमाडौँ । नरेन्द्र मोदीले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन एनडीएबाट आज सरकार गठनको दाबि पेश गर्ने तयारी गरेका छन् ।

हालै सम्पन्न लोकसभा निर्वाचनमा एनडीए गठबन्धनको २९३ सिट हासिल भएसँगै आज सरकार गठनको दाबि पेश गर्ने तयारी गरेका हुन् ।

त्यसपछि आजै एनडीए गठबन्धनको बैठक बस्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । बैठकले नरेन्द्र मोदीलाई गठबन्धनको नेता चयन गर्न लागेको छ । मोदी नेता चयन भएसँगै गठबन्धन दलको पत्रसहित आजै सरकार गठनको दाबि पेश गर्ने छन् ।

५४३ सदस्यीय लोकसभामा एनडीएले २९३ सिटमा जित हासिल गरेको छ । जसमा भाजपाले २४०, आन्ध्र प्रदेशका चन्द्र बाबु नायाडूको टिडीपीले १६, बिहारका नितिश कुमारको पार्टी जेडीयुले १२, शिवसेनाले ७ र अन्यले १८ सिटमा जित हासिल गरेका छन् ।

त्यस्तै विपक्षी दलको इण्डिया गठबन्धनले २३४ सिटमा जित हासिल गरेको छ । जसमा भारतीय नेशनल कांग्रेसले ९९ , अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीले ३७, ममता बेनर्जी नेतृत्वको टिएमसीले २९, डीएमकेले २२ र अन्यले ४७ सिट जितेका छन् । त्यस्तै दुवै गठबन्धनमा नलागेका र स्वतन्त्रसहित अन्य १६ जनाले जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते