२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मोदीको पहिलो निर्णय- ९.३ करोड किसानलाई २० हजार करोड दिने

२८ जेष्ठ २०८१, सोमबार ०९:४६

जेठ २८, काठमाडौँ । आइतबार प्रधानमन्त्रीको सपथ लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान आफ्नो तेस्रो कार्यकाल सम्हालेका छन् ।

साउथ ब्लकस्थित आफ्नो कार्यालय पुगेर मोदीले आफ्नो तेस्रो कार्यकालको सुरुवातमा किसानका लागि दिने किसान निधी अन्तर्गतको रकम दिने निर्णयमा हस्ताक्षर गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मोदीले किसान निधिको २० हजार करोड रुपैयाँ भारतका ९.३ करोड किसानलाई वितरण गर्ने निर्णय गरेका छन् । मोदी सरकारको तेस्रो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठक पनि आज बस्दैछ । सरकारले मन्त्रिपरिषद् बैठकमा पनि केही ठूला निर्णय गर्न सक्ने विश्वास गरिएको छ । सरकारले मन्त्रिपरिषद् बैठकअघि सबै मन्त्रीलाई मन्त्रालय बाँडफाँट गर्ने बताइएको छ ।

आइतबार मोदीसहित ३० क्याबिनेट मन्त्री र ४१ राज्यमन्त्रीसहित ७२ जनाले शपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते