२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ब्रिटिस एयरवेजको विमान ९ घण्टाको उडानपछि पुन: लण्डन फर्कियो, यात्रु सुरक्षित

२०८१, ३२ जेष्ठ शुक्रबार ०३:०१

जेठ ३२, काठमाडौँ । ब्रिटिस एयरवेजको एउटा उडान ९ घण्टाको यात्रापछि त्यही ठाउँमा फर्किएको छ । न्युयोर्क पोस्टका अनुसार बोइङको ७८७-९ ड्रिमलाइनर उडान लण्डनबाट टेक्सास जाँदै थियो । तर, क्यानडाको हवाई क्षेत्रमा पुग्दा विमानले केही प्राविधिक समस्याको सामना गर्यो । त्यसपछि उक्त उडानलाई लण्डन फर्काइएको थियो ।

विमानमा ३ सय यात्रु सवार थिए र सबै सकुशल छन् । 

यो उडान सोमबार (जून १०) बिहान ९:२७ मा लन्डनको हिथ्रो विमानस्थलबाट प्रस्थान गरेको थियो । त्यसपछि ७७७९ किलोमिटरको यात्रा गरी साढे ९ घन्टा आकाशमा बसेपछि साँझ ६ बजेर ५४ मिनेटमा विमान लण्डन फर्किएको थियो ।

सामान्यतया उडानले लन्डनबाट टेक्सास पुग्न १० घण्टा १५ मिनेट लाग्छ । ब्रिटिस एयरवेजले विमानमा सामान्य प्राविधिक त्रुटि भएको जनाएको छ । यसलाई मर्मत गर्ने सुविधा लन्डनमा कम्पनीको सुविधामा मात्र उपलब्ध थियो, जसका कारण यसलाई बेलायत फिर्ता पठाइएको थियो । 

लन्डन फर्कने क्रममा चालक दलले आतंकित यात्रुहरूलाई सुरक्षा त्रुटिका कारण विमान फिर्ता ल्याइएको बताए । 

ब्रिटिस एयरवेजले एक विज्ञप्ति जारी गर्दै यात्रुहरुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ । डेली मेल रिपोर्टका अनुसार एयरलाइन्सले सबै यात्रुहरूलाई टेक्सास जाने अर्को उडानमा सारेको थियो । 

अघिल्लो हप्ता, ब्रिटिश एयरवेजको विमानले हल्याण्डमा आपतकालीन अवतरण गरेको थियो । वास्तवमा, उडान भरेको करिब ९० मिनेटपछि उडानको ककपिट अचानक धुवाँले भरिएको थियो । उक्त विमान लण्डनबाट ओस्लो जाँदै थियो ।

धुवाँ देखिएपछि क्याप्टेनले एयर ट्राफिक कन्ट्रोललाई आकस्मिक अवतरणका लागि सन्देश पठाए । त्यसपछि विमान एम्स्टर्डममा अवतरण भयो । १९० यात्रु विमानस्थलमा अवतरण हुनेबित्तिकै धेरै दमकल र आकस्मिक सवारी साधन त्यहाँ पुगेका थिए । यसपछि आतंकित यात्रुहरूलाई विमानबाट बाहिर निकालेर सुरक्षित स्थानमा पठाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ