२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ब्रिटिस एयरवेजको विमान ९ घण्टाको उडानपछि पुन: लण्डन फर्कियो, यात्रु सुरक्षित

३२ जेष्ठ २०८१, शुक्रबार ०३:०१

जेठ ३२, काठमाडौँ । ब्रिटिस एयरवेजको एउटा उडान ९ घण्टाको यात्रापछि त्यही ठाउँमा फर्किएको छ । न्युयोर्क पोस्टका अनुसार बोइङको ७८७-९ ड्रिमलाइनर उडान लण्डनबाट टेक्सास जाँदै थियो । तर, क्यानडाको हवाई क्षेत्रमा पुग्दा विमानले केही प्राविधिक समस्याको सामना गर्यो । त्यसपछि उक्त उडानलाई लण्डन फर्काइएको थियो ।

विमानमा ३ सय यात्रु सवार थिए र सबै सकुशल छन् । 

यो उडान सोमबार (जून १०) बिहान ९:२७ मा लन्डनको हिथ्रो विमानस्थलबाट प्रस्थान गरेको थियो । त्यसपछि ७७७९ किलोमिटरको यात्रा गरी साढे ९ घन्टा आकाशमा बसेपछि साँझ ६ बजेर ५४ मिनेटमा विमान लण्डन फर्किएको थियो ।

सामान्यतया उडानले लन्डनबाट टेक्सास पुग्न १० घण्टा १५ मिनेट लाग्छ । ब्रिटिस एयरवेजले विमानमा सामान्य प्राविधिक त्रुटि भएको जनाएको छ । यसलाई मर्मत गर्ने सुविधा लन्डनमा कम्पनीको सुविधामा मात्र उपलब्ध थियो, जसका कारण यसलाई बेलायत फिर्ता पठाइएको थियो । 

लन्डन फर्कने क्रममा चालक दलले आतंकित यात्रुहरूलाई सुरक्षा त्रुटिका कारण विमान फिर्ता ल्याइएको बताए । 

ब्रिटिस एयरवेजले एक विज्ञप्ति जारी गर्दै यात्रुहरुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ । डेली मेल रिपोर्टका अनुसार एयरलाइन्सले सबै यात्रुहरूलाई टेक्सास जाने अर्को उडानमा सारेको थियो । 

अघिल्लो हप्ता, ब्रिटिश एयरवेजको विमानले हल्याण्डमा आपतकालीन अवतरण गरेको थियो । वास्तवमा, उडान भरेको करिब ९० मिनेटपछि उडानको ककपिट अचानक धुवाँले भरिएको थियो । उक्त विमान लण्डनबाट ओस्लो जाँदै थियो ।

धुवाँ देखिएपछि क्याप्टेनले एयर ट्राफिक कन्ट्रोललाई आकस्मिक अवतरणका लागि सन्देश पठाए । त्यसपछि विमान एम्स्टर्डममा अवतरण भयो । १९० यात्रु विमानस्थलमा अवतरण हुनेबित्तिकै धेरै दमकल र आकस्मिक सवारी साधन त्यहाँ पुगेका थिए । यसपछि आतंकित यात्रुहरूलाई विमानबाट बाहिर निकालेर सुरक्षित स्थानमा पठाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल