२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतको उत्तराखण्डमा पर्यटक बोकेको गाडी अनियन्नत्तीत भइ नदीमा खस्दा १४ जनाको मृत्यु

२०८१, २ असार आईतवार ०७:१२

असार २,काठमाडौँ । भारतको गुरुग्रामबाट उत्तराखण्ड घुम्न आएका पर्यटकसँग शनिबार एउटा दुःखद दुर्घटना भएको छ ।

रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय राजमार्गबाट ​​पर्यटक बोकेको एउटा यात्रुवाहक गाडी अनियन्त्रित भई करिब ३०० मिटर तल अलकनंदा नदीको किनारमा खसेको थियो । यस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

रुद्रप्रयाग जिल्ला प्रकोप व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले भने, "गुरुग्रामबाट २६ यात्रु बोकेर तुंगानाथ-चोपटा जाँदै गरेको टेम्पो ट्राभलर गाडी शनिबार बिहान ११.३० बजे रुद्रप्रयाग मुख्यालय नजिकै दुर्घटनामा परेको थियो ।"

उनले भने, ‘साँझसम्म घटनामा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये ३ जनाको अझै सनाखत हुन सकेको छैन । यो घटना रुद्रप्रयाग जिल्ला सदरमुकामबाट करिब ७ किलोमिटर टाढा रहेको रैतोली नामक ठाउँ नजिक भएको हो ।

गाडी सडकबाट करिब ३०० मिटर गहिरो खाल्डोमा खसेकोले १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जनाको उद्धार गरी जिल्ला अस्पताल रुद्रप्रयागमा भर्ना गरिएको छ ।

अस्पताल पुग्दा चिकित्सकले एक जनालाई मृत घोषणा गरेका थिए । उपचारका क्रममा अर्को एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सात जनालाई हेलिकप्टरबाट उद्धार गरिएको उनले बताए । एम्स ऋषिकेश पुगेपछि थप दुई जनाको मृत्यु भयो। 

मुख्यमन्त्री पुष्करसिंह धामी शनिबार साँझ एम्स ऋषिकेश पुगेर त्यहाँ भर्ना भएका घाइते पर्यटकको अवस्थाबारे जानकारी लिएर चिकित्सकसँग जानकारी लिएका थिए । मुख्यमन्त्री धामीले मृतकका परिवारलाई जनही २ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् । मुख्यमन्त्रीले गम्भीर घाइतेलाई रु ४०–४० हजार र सामान्य घाइतेलाई १०–१० हजार रुपैयाँ उपलब्ध गराउन निर्देशन पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन