२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

कृषि, उद्योग, होटल र रेष्टुरेन्ट जस्ता क्षेत्रमा ९२ हजार विदेशी श्रमिक भित्र्याउने इजरायलको निर्णय

२०८१, ५ असार बुधबार ०६:३८

असार ५,  काठमाडौँ । श्रमिक अभावलाई सम्बोधन गर्न खोज्दै इजरायल सरकारले कृषि, उद्योग, होटल र रेष्टुरेन्ट जस्ता क्षेत्रमा ९२ हजार विदेशी श्रमिक भित्र्याउने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयका महानिर्देशक योसी शेलीको अध्यक्षतामा सोमबार बसेको विदेशी श्रमिकसम्बन्धी उच्चस्तरीय समितिको बैठकले ९२ हजार श्रमिक  ल्याउने निर्णय गरेको हो ।


 इजरायलमा विदेशी श्रमिक अभाव भएपछि प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले विदेशी श्रमिकको कोटा तोक्नको लागि गत १५ मेमा उच्चस्तरीय समिति बनाएका थिए । यो समितिको चौथो बैठक हो ।

जसमा सबैभन्दा बढी कृषि मजदुरका लागि ७० प्रतिशत कोटा विशेष गरी छुट्याइएको छ ।  कृषि क्षेत्रमा ६५ हजार, उद्योगमा १३ हजार दुई सय, होटलमा ६ हजार ८ सय र रेस्टुरेन्ट क्षेत्रमा दुई हजार जना रहेका छन् । इजरायलले रेस्टुरेन्ट उद्योगका लागि विदेशी कामदारहरूलाई अनुमति दिएको यो पहिलो पटक हो।

इजरायलले विदेशी श्रमिक ल्याउने देश भने छुट्याएको छैन । इजरायलको केयरगिभर क्षेत्रमा झन्डै ४५ सय कामदार कार्यरत छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन