२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पुटिन-किमको मित्रता, पालै पालो लक्जरी कार चलाएको देखिए !

२०८१, ८ असार शनिबार ०५:३८

असार ८, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनका भिडियो र तस्बीर अहिले सामाजिक सञ्जाल र मिडियामा भाइरल भइरहेका छन् ।

हालै पुटिनले उत्तर कोरियामा गरेको भ्रमणका अवसरमा आफै गाडी चलाएको भिडियो र तस्बीर भाइरल भएका हुन् । पुटिन र किमले यस भ्रमणका क्रममा पालै पालो गाडी चलाएको तस्बीरहरुमा देख्न सकिन्छ । पुटिनले गाडी चलाउदा किम नजिकैको अगाडिको सिटमा बसेर कुरा गरिरहेको देख्न सकिन्छ भने किमले गाडी चलाउदा पुटिन अगाडिको सिटमा बसेको र दुवै जना हाँस्दै कुरा गरिरहेको देख्न सकिन्छ ।

रिपोर्टका अनुसार पुटिनले किमलाई अर्स लिमोसिन लक्जरी कार उपहार दिएका थिए । यस भ्रमणका क्रममा पनि पुटिनले किमलाई एउटा स्किभर र चिया सेट पनि उपहार दिएको बताइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि बुधबार बिहान उत्तर कोरियाको भ्रमण गरेका हुन् । यस भ्रमणमा किम आफैले विमानस्थल पुगेर पुटिनको स्वागत गरेका थिए । पुटिनसँग १० रुसी मन्त्री र अधिकारीहरूको प्रतिनिधिमण्डल उपस्थित थियो । जसमा परराष्ट्र मन्त्री सर्गेई लाभरोभ र रक्षामन्त्री एन्ड्रे बेलोसोभ सामेल थिए ।

रुसी राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा रातो कार्पेट बिछ्याइएको थियो र उनको भव्य स्वागत गरिएको थियो । पुटिनलाई राजधानी प्योङयाङको सिटी स्क्वायरमा औपचारिक स्वागत गरिएको थियो । चोकलाई रंगीन बेलुनले सजाइएको थियो ।

पुटिनको गाडी हेर्न हजारौं मानिस सडकमा भेला भएका थिए । उनीहरुको हातमा रुस र उत्तर कोरियाको झण्डा थियो । यसबाहेक केही भवनमा पुटिन र किम जोङका ठूला पोस्टर पनि टाँसिएका छन् । पुटिनलाई सहरको चोकमा स्वागत गर्न मिलिटरी ब्याण्डले दुवै देशको राष्ट्रिय गान बजाएको थियो । यस क्रममा त्यहाँ जम्मा भएका बालबालिकाको हातमा रंगीन फूलहरु पनि राखिएको थियो । कार्यक्रममा किम जोङकी बहिनी किम यो जोङ पनि त्यहाँ उपस्थित थिइन् ।

यस भ्रमणका क्रममा पुटिनले नयाँ आधारभूत दस्तावेज पनि घोषणा गरे, जसले दुई देशबीचको सम्बन्धको जग बनाउने विश्लेषण गरिएको छ । पुटिनले गत वर्ष किम जोङको रुस भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ भएको बताए । अब यो साझेदारीलाई अगाडि बढाउन नयाँ आधारभूत दस्तावेज बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा