२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मुम्बईबाट उडेको एयर इन्डियाको विमानमा बम राखेको धम्की

६ भाद्र २०८१, बिहीबार ०५:४६

भदौ ६, काठमाडौँ ।  बिहीबार मुम्बईबाट उडेको एयर इन्डियाको विमानमा बम राखिएको धम्की प्राप्त भएको छ । विमान मुम्बईबाट तिरुवनन्तपुरम जाँदै थियो । धम्की पाएलगत्तै विमानलाई तिरुवनन्तपुरम अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरियो । 

जहाज विमानस्थलको नजिक पुग्नै लाग्दा बिहान ७ः ३० बजेतिर विमानमा बम राखिएको धम्की प्राप्त भएको थियो । जानकारी पाएलगत्तै विमानस्थलमा पूर्ण आपतकाल लगाइएको थियो । विमानस्थलसँग सम्बन्धित स्रोतका अनुसार बिहान करिब ८ बजे विमान अवतरण गरिएको थियो । १३५ यात्रुहरू सवार सो विमानलाई आइसोलेसन वे मा लगेर राखियो ।


बिहान ८ः४४ बजेभित्र एआई ६५७ बाट यात्रुहरूलाई सकुशल बाहिर निकालिसकेको थियो ।  तिरुवनन्तपुरम विमानस्थलमा जहाज अवतरण भएपछि मात्रै पाइलटले यात्रीहरूलाई बमको धम्की आएको भनेर जानकारी दिएका थिए ।

स्रोतका अनुसार सबै यात्रु र चालक दल सकुशल छन् । विमानस्थल सञ्चालनमा पनि कुनै अवरोध नआएको बताइएको छ ।

धम्की कसले दियो ? केमा आयो भन्ने जानकारी आउन सकेको छैन । यो घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का