२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विवादास्पद ‘सुसाइड क्याप्सुल’ प्रयोग गरी अमेरिकी महिलाको आत्महत्या, कयौँ व्यक्ति पक्राउ

९ आश्विन २०८१, बुधबार १०:५८

असोज ९, काठमाडौँ । स्विट्जरल्यान्डको उत्तरी क्षेत्र मेरिशाउसेनमा पहिलो पटक विवादास्पद ‘सुसाइड क्याप्सुल’ प्रयोग गरी एक अमेरिकी महिलाले आत्महत्या गरेपछि कयौँ व्यक्तिलाई पक्राउ गरिएको छ। ६४ वर्षीया महिलाको मृत्युमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो, र आत्महत्या उक्साएको तथा सहयोग गरेको आशङ्कामा फौजदारी अनुसन्धान सुरु गरिएको छ।

‘सर्को’ नामक यो क्याप्सुल, जसलाई अहिलेसम्म कहिल्यै प्रयोग गरिएको थिएन, नाइट्रोजन ग्यासले भरिएको कक्षमा मानिसले बटन थिचेर केही मिनेटमा शान्तिपूर्ण निन्द्रामा जाँदै सास रोक्न सक्ने गरी डिजाइन गरिएको छ। उक्त उपकरणलाई नेदरल्यान्ड्समा आधारित Exit International नामक समूहले ३ डी प्रिन्टिङ प्रविधिको सहायतामा बनाएको हो, जसको विकासमा १ मिलियन डलरभन्दा बढी लागत लागेको थियो।

प्रहरीले दिएको जानकारीअनुसार, सोमबार एक कानुनी फर्मले मेरिशाउसेनको जंगल नजिकैको एउटा कुटीमा सर्को उपकरणको प्रयोग गरी आत्महत्या भएको सूचना दिएको थियो। उक्त घटनामा Exit International का स्विस शाखाका सह–अध्यक्ष फ्लोरियन विलेट मात्र उपस्थित थिए र उनले महिलाको मृत्युलाई "शान्तिपूर्ण, छिटो, र सम्मानजनक" भनेका छन्।

यस घटनामा एक डच फोटोग्राफरलाई पनि पक्राउ गरिएको छ, जसले क्याप्सुलको प्रयोगको तस्बिर लिन खोजेका थिए।

Exit International ले जारी गरेको विज्ञप्तिमा ६४ वर्षीया अमेरिकी महिलाले गम्भीर रोगको शिकार भएपछि सर्को उपकरण प्रयोग गरी मृत्यु रोजेको बताइएको छ। Exit International का संस्थापक, अस्ट्रेलियाली डा. फिलिप निट्स्चके ले यस उपकरणले ‘औषधि-रहित शान्तिपूर्ण मृत्यु’ प्रदान गरेकोमा सन्तोष व्यक्त गरेका छन्।

यद्यपि, स्विस स्वास्थ्य मन्त्री एलिसाबेथ बाउमे-शनाइडर ले संसदमा सर्को उपकरण कानुनअनुसार प्रयोग गर्न नपाइने बताएकी छन्। उनले भनेकी छन्, "यो उपकरण उत्पादन सुरक्षा कानूनको मापदण्ड पूरा गर्दैन र यसमा प्रयोग भएको नाइट्रोजन रसायन कानूनसँग मेल खाँदैन।"

स्विट्जरल्यान्डले कानुनी रूपमा मानिसहरूलाई आत्महत्यामा सघाउन दिने थोरै देशहरूमध्ये एक हो, तर केही राजनीतिज्ञहरूले कानुनमा रहेको अस्पष्टता हटाउन जोड दिँदै आएका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल