२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भेनेजुयलाका राष्ट्रपति विरुद्ध महिलाहरु आन्दोलित

२४ बैशाख २०७४, आईतवार १२:१३


बैशाख २४, काराकास । सेतो कपडा लगाएका हजाराँै महिलाहरुले भेनेजुयलाको राजधानीमा शनिबार बृहत् ¥यालीसहित विरोध प्रदर्शन गरेका छन् । 

उनीहरुको प्रदर्शनले राष्ट्रपति निकोलस मादुरोलाई ठूलो दबाब बढ्दै गएको देखिएको छ । 

महिलाले गरेको प्रदर्शनको नेतृत्व कारागारमा राखिएका विपक्षी दलका नेता लेओपोल्डो लोपेजकी श्रीमती तथा सांसद लिलिएन टिनटोरीले गर्नुभएको थियो । 

प्रदर्शनमा सहभागीहरुले ‘अझै दमन गर’ लेखिएको प्लेकार्डहरु प्रदर्शन गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । 

प्रदर्शनकारीलाई सरकारी सुरक्षाकर्मीले विभिन्न ठाउँमा अवरोध गरेका थिए । विशेष गरेर गृहमन्त्रालय अगाडि प्रदर्शन गर्न खोज्दा उनीहरुलाई सुरक्षाकर्मीहरुले रोक्नुपरेको थियो । 

प्रदर्शनमा अरु पनि धेरै महिला सांसदहरु सहभागी थिए । उनीहरुले सडक अवरोध गर्नका लागि मात्रै नभई भेनेजुयलालाई स्वतन्त्र बनाउनका लागि सडकमा आएको बताएका थिए । 

मादुरो विरुद्धको यस्तै प्रदर्शन राजधानीबाहेक अन्य सहरहरुमा पनि भएका छन् । सान क्रिस्टोबल र अरागुआमा भएको विरोध प्रदर्शनहरुमा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । 

वामपन्थी नेता तथा राष्ट्रपति मादुरोमाथि आन्दोलनरत प्रतिपक्षी दलले जसरी पनि मादुरो सत्तामा रहिरहन चाहेको र यसै मक्सतलाई पूरा गर्न निर्वाचन प्रक्रियालाई ढिलो गराएको आरोप लगाउँदै आन्दोलन भइरहेको छ । 

पेट्रोलियम पदार्थका लागि धनी राष्ट्र भेनेजुयलामा पछिल्लो समय खाद्यान्न, औषधिलगायतका आधारभूत सामग्रीको अभाव हुन थालेको छ । विपक्षीले देशमा ७०० प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएको, सरकारले शान्ति तथा अमनचयन कायम गर्न नसकेको, संसद्को अधिकारमाथि हस्तक्षेप गरेकोजस्ता आरोप पनि लगाएका छन् । 

सरकारले भने प्राकृतिक रूपमा निम्तिएका समस्याप्रति सरकारलाई दोषी मान्न नमिल्ने तर्क गरेको छ । साथै राज्यद्वारा राष्ट्रपतिलाई दिएका कार्यकारी अधिकारको प्रयोग गर्नुलाई विपक्षीले कानुनी राज्यको अवधारणालाई लत्याएको भनेर अनावश्यक बखेडा झिकेको भन्दै सबै कुराको समाधान पारस्परिक वार्ताबाट हुने तथा आन्दोलनले थप आर्थिक सङ्कट निम्त्याउने सरकारी पक्षको भनाइ छ । 

सन् २०१३ मा राष्ट्रपतिमा निर्वाचित मादुरोले अमेरिकी चासोका विषयमा कम ध्यान दिएपछि सन् २०१९ मा कार्यकाल अन्त्य हुने भए पनि आफूविरुद्ध अमेरिकी पुँजीपतिहरूले पूरा कार्यकाल सम्पन्न गर्न नदिन षड्यन्त्र गरिरहेको बताउँदै आउनुभएको छ । 

सङ्कटको समाधान मिलेर अघि बढ्दा जति सहज बन्नसक्छ तर सरकार र विपक्षीको द्वन्द्वले त्यति नै जटिल बनाउँछ । 

मादुरोविरुद्धको आन्दोलनमा एक महिनाको समयमा अहिलेसम्म ४० जनाभन्दाको मृत्यु भइसकेको छ । निजी सञ्चारमाध्यमले गरेका मत सर्वेक्षणमा मादुरोविरुद्ध करिब ७० प्रतिशत जनता रहेको बताइएको छ । रासस/एएफपी 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला