१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अन्तर्राष्ट्रिय फुटबलमा मेसीको अर्को नयाँ कीर्तिमान

४ कार्तिक २०८१, आईतवार १२:१०

एजेन्सी । अर्जेन्टिनाका फरवार्ड लियोनल मेसीका नाममा अन्तर्राष्ट्रिय फुटबलमा अर्को नयाँ कीर्तिमान बनेको छ। दक्षिण अमेरिकी फिफा विश्वकप छनोट अन्तर्गत १०औं चरणको खेलमा अर्जेन्टिनाले बोलिभियाविरुद्ध ६–० गोलअन्तरको जित निकाल्दा ३८ वर्ष नजिक रहेको मेसीले एकै खेलमा ५ गोलमा योगदान दिने जेठो खेलाडीको रुपमा नयाँ कीर्तिमान बनाएका छन।

उक्त खेलमा मेसीले गरेको ह्याट्रिक गोल र दुई असिस्टपछि उनका नाममा उक्त नयाँ कीर्तिमान बनेको हो। अर्जेन्टिनाको घरेलु मैदानमा करिब एक वर्षपछि खेलेका मेसीले सहकर्मीका लागि दुई गोलमा पास मिलाए भने आफूले ह्याट्रिक गोल गरेर एकै खेलमा ५ गोलमा योगदान दिए।

यस्तो नतिजापछि मेसी अब अन्तर्राष्ट्रिय फुटबलमा एउटै खेलमा ५ गोलमा योगदान दिने सबैभन्दा जेठा खेलाडी बनेका हुन्। मेसी उमेरले अहिले ३८ वर्ष नजिक छन्। फिफा अन्तर्गत कुनै पनि अफिसियल खेलमा यो उमेरमा यसअघि कुनै पनि खेलाडीले एकै खेलमा ह्याट्रिक गोल र दुई असिस्ट गरेर पाँच गोलमा योगदान दिएको थिएन।

दक्षिण अमेरिकी फुटबल महासंघले मेसीको यो रेकर्डबारे अफिसियल वेबसाइटमा चर्चा गरेको छ । जारी विश्वकप छनोट खेलमा मेसीले ६ गोल गरेका छन्। उनी सर्वाधिक गोलकर्ता खेलाडी हुन्। उक्त म्याचमा तीन गोल गरेसँगै मेसीले अन्तर्राष्ट्रिय फुटबलमा गरेको कूल गोल संख्या ११२ पुगेको छ । साथै, उनको कूल करियर गोल संख्या ८४६ पुगेको छ।

मेसीको १०औं अन्तर्राष्ट्रिय ह्याट्रिक

अर्जेन्टिनी कप्तान लिओनल मेसीले आफ्नो १०औं अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गर्दै आफ्नो करियरको ११२ गोल पुर्‍याएका छन्। अर्जेन्टिनालाई विश्वकप छनोटअन्तर्गत गत बुधबार बोलिभियामाथि ६–० को जित दिलाउँदा उनले आफ्नो करियरको १०औं ह्याट्रिक पूरा गरेका हुन्।

कोपा अमेरिकापछि दाहिने घुँडाको चोटबाट मुक्त हुने क्रममा उनले छनोटका केही खेल गुमाएका थिए। तर, बोलिभियाविरुद्ध १९औं मिनेटमा गोल गरेका मेसीले एस्टाडियो मोनुमेन्टलमा आफ्ना समर्थकसामु पूरै समय खेले। मेसीले ८४औं र ८६औं मिनेटमा गोल थपेका थिए। अन्तर्राष्ट्रिय खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सर्वाधिक गोल गरेका छन्। उनको नाममा १३३ गोल छ। मेसी दोस्रो सर्वाधिक गोलकर्ता हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव