२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बेन स्टोक्सको निर्णय लिने क्षमतामा कमी !

२०८१, १२ कार्तिक सोमबार १४:२९

काठमाडौं । इंग्ल्याण्डका प्रशिक्षक ब्रेन्डन म्याक्कुलमले कप्तान बेन स्टोक्सको पाकिस्तानसँगको २–१ टेस्ट सिरिजमा निर्णय लिने क्षमतामा कमी देखिएको बताएका छन् । म्याक्कुलमले स्टोक्सले चोटबाट चाँडै पुनरागमन गरेपछि कप्तानी र बलिङमा समस्या देखिएको खुलासा गरेका हुन् ।


इंग्ल्याण्डले पहिलो टेस्ट जितेपछि स्टोक्सले दोस्रो टेस्टमा पुनरागमन गरे, तर ह्यामस्ट्रिङ चोटको कारण बलिङमा योगदान दिन नसक्दा टोलीको सन्तुलनमा असर परेको थियो । म्याक्कुलमले स्टोक्सको चोटका कारण निर्णय क्षमतामा प्रभाव परेको बताएका छन् ।
‘स्टोक्सीको चोट गम्भीर थियो र उनले पुनरागमनका लागि कडा मिहिनेत गर्नुप¥यो । त्यस्तो चोटले मानसिकतामा असर पु¥याउन सक्छ,’ म्याक्कुलमले भने । ‘उनले गल्तीबाट सिक्नेछन् र अबका खेलमा मानसिक रूपमा स्पष्ट रहने प्रयास गर्नेछन् ।’
इंग्ल्याण्डका प्रशिक्षकले टोलीको आक्रमक शैलीको बचाउ गर्दै भने, ‘यो खेलाडीलाई बिशाल आत्मविश्वासका साथ खेल्न दिने मानसिकतामा भर पर्छ । खेलाडीले कुन शट खेल्ने भनेर बताउने कुरामा हाम्रो ध्यान छैन । हामीले सकारात्मक खेल प्रदर्शन गरेको थियौं ।’
म्याक्कुलमले इंग्ल्याण्ड उपकप्तान ओली पोपलाई आगामी न्युजिल्याण्ड भ्रमणमा टोलीमा समावेश गर्ने संकेत दिएका छन् ।
पोपले सिरिजमा अपेक्षाकृत प्रदर्शन गर्न नसके पनि म्याक्कुलमले उनलाई भविष्यमा महत्वपूर्ण खेलाडीका रूपमा हेरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति