१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आइपीएल: विराट कोहली २१ करोडमा रिटेन हुँदा अरु खेलाडीहरु कतिमा भए रिटेन?

१६ कार्तिक २०८१, शुक्रबार १७:०७

काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपीएल) को २०२५ सिजनका लागि क्लबहरूले रिटेन खेलाडीहरूको सूची सार्वजनिक गरेका छन्। स्टार खेलाडी महेन्द्र सिंह धोनी, विराट कोहली, रोहित शर्मा, हार्दिक पाण्ड्या, र जसप्रित बुमराहलगायतका खेलाडीहरू रिटेन भएका छन्।

धोनीलाई चेन्नईले ४ करोडमा रिटेन गरेको छ भने कोहलीलाई रोयल च्यालेन्जर्स बैंगलोरले २१ करोडमा रिटेन गरेको छ। रोहित शर्मा १६.३० करोडमा, हार्दिक पाण्ड्या १६.३५ करोडमा, र जसप्रित बुमराह १८ करोडमा रिटेन भएका छन्। सनराइजर्स हैदराबादले हेनरिक क्लासेनलाई २३ करोडमा रिटेन गरेको छ। यसैगरी, सनराइजर्सले ५ खेलाडी रिटेन गरेको छ जसमा पैट कमिन्स १८ करोड, अभिषेक शर्मा र ट्रेभिस हेड १४-१४ करोडमा र नितिश कुमार रेड्डी ६ करोडमा रिटेन भएका छन्।

दिल्लीले पनि ४ खेलाडी रिटेन गरेको छ जसमा अक्षर पटेल १६.५ करोड, कुलदीप यादव १३.२५ करोड, ट्रिस्टल स्टब्स १० करोड र अभिषेक परेल ४ करोडमा रहेका छन्।

रोयल च्यालेन्जर्स बैंगलोरले विराट कोहलीसहित तीन खेलाडी रिटेन गरेको छ, जहाँ कोहली २१ करोड, रजत पाटिदार ११ करोड र यश दयाल ५ करोडमा रिटेन भएका छन्।

राजस्थानले ६ खेलाडी रिटेन गरेको छ जसमा सन्जु सैमसन, यजस्वी जयसवाल, रियान पराग सबै १८ करोडमा, ध्रुव जरेल १४ करोड, शिमरोन हेटमायर ११ करोड र सन्दीप शर्मा ४ करोडमा रिटेन भएका छन्।

चेन्नईले धोनीसहित ५ खेलाडी रिटेन गरेको छ, जसमा ऋतुराज गायकवाड १८ करोड, माथीशा पाथिराना १३ करोड, शिवम दुबे १२ करोड र रविन्द्र जडेजा १८ करोडमा रिटेन भएका छन्।

मुम्बई इन्डियन्सले रोहित, हार्दिक र बुमराहसँगै सूर्यकुमार यादवलाई १६.३५ करोड र तिलक वर्मालाई ८ करोडमा रिटेन गरेको छ। कोलकत्ताले ६ खेलाडी रिटेन गरेको छ जसमा रिंकु सिंह १३ करोड, वरुण चक्रवर्ति, सुनिल नरेन, र आन्द्रे रसेल सबै १२ करोडमा रिटेन भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव