५ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मुकेश अम्बानीलाई एलन मस्ककाे झट्का !

५ मंसिर २०८१, बुधबार १४:२६

काठमाडौँ | एलन मस्कको स्याटलाइट इन्टरनेट प्रविधि कम्पनी स्टारलिङ्कले भारतमा छिट्टै सेवा दिन पाउने भएको छ । भारतका दूरसञ्चार मन्त्री ज्योतिरादित्य सिन्धियाले सरकारका सबै आवश्यक नियम पूरा गर्ने प्रक्रियामा स्टारलिङ्क लागेकाले चाँडै नै सेवा सञ्चालनकाे अनुमति दिने बताएका हुन् ।

दूरसञ्चार मन्त्रीका अनुसार सरकारले तोकेको प्रमुख शर्त नै सुरक्षा हो । यसैलाई आत्मसात् गर्न स्टारलिङ्क तयार भएपछि लाइसेन्स आवेदन प्रक्रिया अगाडि बढेको उनले उल्लेख गरे ।

यसअघि मनी कन्ट्रोलले एक रिपोर्ट सार्वजनिक गर्दै स्टारलिङ्कका प्रतिनिधि दूरसञ्चार विभाग (डीओटी) सँग बैठकमा सहभागी भएको उल्लेख गरेको थियो । सो छलफलका क्रममा स्टारलिङ्कका प्रतिनिधिले सरकारका शर्तहरू पूरा गर्ने सहमति जनाएका थिए ।

सो रिपोर्टका अनुसार स्टारलिङ्क भारत सरकारका डेटा लोकलाइजेसन र सुरक्षा मापदण्डहरू पूरा गर्न सहमत भएको छ । यसले गर्दा एलन मस्कको कम्पनी स्टारलिङ्कले भारतमा चाँडै आफ्नो स्याटलाइट इन्टरनेट सेवा सुरु गर्ने अपेक्षा गरिएको छ ।

डेटा लोकलाइजेसन भन्नाले स्टारलिङ्कले भारतीय ग्राहकको जानकारी भारतभित्रै भण्डारण गर्नुपर्नेछ । र, आवश्यक परेमा यो जानकारी कम्पनीले भारतका सरकारी निकायलाई दिनुपर्नेछ ।

इन्डिया टुडेकाे एक रिपोर्टका अनुसार भारतमा स्याटलाइट इन्टरनेट सेवाहरू सुरु गर्न यी नियमहरूको पालना गर्नु अनिवार्य छ । यसपछि मात्र कुनै कम्पनीलाई भारत सरकारले ‘ग्लोबल मोबाइल पर्सनल कम्युनिकेसन बाई स्याटेलाइट’ (GMPCS) लाइसेन्स प्रदान गर्छ ।

भारतमा स्याटलाइट इन्टरनेट सेवा सुरु गर्न यो लाइसेन्स आवश्यक हुन्छ । लाइसेन्स प्राप्त भएपछि मात्र कुनै कम्पनीले परीक्षणका लागि स्पेक्ट्रम पाउँछ । त्यसपछि प्रारम्भिक स्याटलाइट इन्टरनेट सेवाहरू सुरु गर्न सक्छ ।

भारतीय टेलिकम कम्पनीका लागि किन टाउको दुखाई बन्यो स्टारलिङ्क ?

स्टारलिङ्क, एलन मस्कको कम्पनी स्पेसएक्सले प्रदान गर्ने स्याटेलाइट इन्टरनेट सेवा हो । सामान्यतः इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले जमिनमुनि केबल बिछ्‌याएर वा मोबाइल टावरहरू प्रयोग गरी इन्टरनेट सेवा दिन्छन् । तर, स्टारलिङ्कले आफ्ना ग्राहकलाई इन्टरनेट सेवा दिन पृथ्वीको परिक्रमा गर्ने स्याटलाइटको नेटवर्क प्रयोग गर्छ ।

स्टारलिङ्कको मुख्य उद्देश्य ब्रोडब्यान्ड इन्टरनेट सेवा नहुने ग्रामीण क्षेत्रहरू र टावर निर्माण गर्न कठिन स्थानहरूमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउनु हो ।

स्टारलिङ्कको इन्टरनेट सेवा सामान्य ब्राेडब्यान्ड जस्तो काम गर्दैन । यसमा लाखौं किलोमिटर लामा केबलमा निर्भर हुनु पर्दैन । स्टारलिङ्कले अन्तरिक्षबाट सिधै इन्टरनेट सेवा प्रदान गर्छ । यसले गर्दा दुर्गम क्षेत्रहरूमा पनि उच्च गतिको इन्टरनेट सेवा सहजै पुग्न सक्छ ।

यद्यपि अहिले पनि अन्य केही कम्पनीले स्याटलाइट इन्टरनेट सेवाहरू उपलब्ध गराएका छन् । तर ती सेवा दिने कम्पनीले पृथ्वीबाट धेरै टाढा रहेको स्याटलाइट प्रयोग गर्छन् । यसले गर्दा इन्टरनेटको गति सुस्त हुन्छ । र, डेटा ट्रान्समिसनमा ढिलाइका कारण उच्च गतिको इन्टरनेट पाउन कठिनाइ हुन्छ ।

स्टारलिङ्कका उपग्रह पृथ्वीको धेरै नजिक छन् । यसले गर्दा स्टारलिङ्कले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन सक्छ । यसको अर्को विशेषता के हो भने यसले उडिरहेको जहाजमा पनि उच्च गतिको इन्टरनेट दिन सक्छ ।

ब्रोडब्यान्ड कम्पनीले डेटा पठाउन फाइबर अप्टिक केबल प्रयोग गर्छन् । यसले गर्दा सहर र गाउँमा यस्तो केबल प्रयोग गरेर इन्टरनेट सेवा दिन सजिलो हुन्छ । तर, दुर्गम क्षेत्रहरू र पहाडी इलाकामा केबल पुर्‍याउन गाह्रो र महँगो हुन्छ । यस्तै ठाउँमा स्टारलिङ्कको सेवा उपयोगी हुन्छ ।

स्टारलिङ्कले अक्टोबर २०२२ मा भारतमा लाइसेन्सका लागि आवेदन दिएको थियो । इन्डिया टुडेका अनुसार थप स्वीकृतिका लागि एलन मस्कको यो कम्पनी इन्डियन नेसनल स्पेस प्रोमोसन एन्ड अ‍थोराइजेसन सेन्टर (IN-SPACe) सँग मिलेर काम गरिरहेको छ ।

इन-स्पेस नियामकका रूपमा काम गर्ने निकाय हो । भारतमा कुनै पनि निजी कम्पनीले अन्तरिक्षसँग सम्बन्धित परियोजना सुरु गर्न चाहे यस संस्थाबाट अनुमति लिनुपर्ने हुन्छ ।

समाचार अनुसार स्टारलिङ्क र अमेजनको स्याटलाइट इन्टरनेटसँग जोडिएको परियोजना ‘कोइपर’लाई लाइसेन्स दिनका लागि अन्य केही जानकारी माग गरिएको छ । इन-स्पेसका अध्यक्ष पवनकुमार गोइङ्काका अनुसार दुवै कम्पनी स्पेस नियामकले उठाएका प्रश्नको जवाफ दिने प्रक्रियामा छन् ।

भारतमा स्टारलिङ्कले स्याटलाइट इन्टरनेट सेवा सुरु गर्न केही कठिनाइ सामना गरिरहेको छ । यसको मुख्य कारण सरकारको मूल्य निर्धारण र स्पेक्ट्रम सम्बन्धी स्पष्ट नीतिको अभाव हो । यद्यपि यसबारे सरकारले छिट्टै दिशा-निर्देश जारी गर्न सक्ने अपेक्षा गरिएको छ ।

समाचार एजेन्सी पीटीआईसँगको अन्तर्वार्तामा दूरसञ्चार मन्त्री सिन्धियाले स्याटलाइट ब्राेडब्यान्ड सेवाका लागि स्पेक्ट्रम लिलामी नगरी सिधै तोकिदिने योजनामा सरकार रहेको बताएका छन् । कुनै पनि देशले स्याटलाइट स्पेक्ट्रम लिलामी नगरी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)को निर्देशनअनुसार सिधै तोकिदिने प्रक्रिया अपनाउन सक्ने भएकाले आफूहरूले त्यही गर्न लागेकाे उनले जनाए ।

भारतले सन् २०२३ को आफ्नो दूरसञ्चार ऐनको अनुसूची १ मा स्याटलाइट स्पेक्ट्रमलाई समावेश गरेको थियो । यसका लागि सरकारलाई स्पेक्ट्रम आवन्टन (सोझै वितरण गर्ने प्रक्रिया)को आवश्यकता पर्छ ।

दूरसञ्चार मन्त्रीले स्पेक्ट्रमको मूल्य टेलिकम रेगुलेटरी अथोरिटी अफ इन्डियाले तोक्ने जानकारी दिएका छन् ।

बिजनेस टुडेका अनुसार भारत सरकारले स्पेक्ट्रम लिलामीको सट्टा सिधै आवन्टन गर्ने निर्णय आईटीयूले तोकेको मापदण्डअनुसार गरेको हो । तर, यो निर्णयले मुकेश अम्बानी र सुनिल मित्तलले नेतृत्व गरेका भारतका प्रमुख टेलिकम कम्पनी जिओ र एयरटेलका लागि ठूलो झट्का दिने विश्लेषण गरिएको छ । यी कम्पनीले स्याटलाइट स्पेक्ट्रमको लिलामीको माग गर्दै पहिले भारतीय दूरसञ्चार नियामकलाई पत्र लेखेका थिए ।

जिओले स्पेक्ट्रम लिलामी गरेरै वितरण गर्नुपर्नेमा जोड दिएको छ । एयरटेलका सुनिल मित्तलले पनि जिओको मागमा समर्थन जनाएका छन् । स्पेक्ट्रम पाउनका लागि आफूहरूले धेरै खर्च गरेको उनीहरूको तर्क छ ।

यस्तोमा स्टारलिङ्क वा अमेजनको काेइपर जस्ता कम्पनीले भारतमा आफ्नो सेवा सुरु गरे भने स्थानीय कम्पनीहरूलाई ठूलो झट्का लाग्ने निश्चित छ । भारतीय सरकारको नयाँ स्पेक्ट्रम आवन्टन रणनीतिले स्टारलिङ्कजस्ता अन्तर्राष्ट्रिय कम्पनीहरूलाई भारतमा स्याटलाइट इन्टरनेट सेवा सुरु गर्न सहज बनाउनेछ । किनभने यसमा कम्पनीलाई त्यति धेरै खर्च गर्नु पर्दैन, जति ब्रोडब्यान्ड कम्पनीले खर्च गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौं आइपुगे भारतीय सेना प्रमुख द्विवेदी इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण माइतीघरमा प्रहरी र सहकारीपीडितबीच झडप, तीनजना घाइते बीआरआईबारे कांग्रेसको अडान- अनुदान भए ठीकै छ, ऋण कुनै हालतमा स्वीकार्य हुँदैन समयमै हवाई टिकट नपाएपछि गर्भमै शिशुको मृत्यु मुकेश अम्बानीलाई एलन मस्ककाे झट्का ! दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति उपचुनाव: माओवादीले खाता खोल्यो, पुथाउत्तरगंगा-२ वडाध्यक्षमा जगत घर्ती निर्विरोध अदालत परिसरमा विषादी सेवन: रश्मिला धामी अचेत अवस्थामा, मट्टितेल पिएको अनुमान स्टार स्पोर्ट्ससँग गैरकानूनी सम्झौता गरेको भन्दै क्यानको निर्णयप्रति तीन संस्थाको आपत्ति न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने २४ वर्षीया युवती पक्राउ अदालत परिसरमा विष सेवनपछि रश्मिला धामी पक्राउ मेडिसिटी अस्पतालमा बिरामीको मिर्गौला गायब बनाएको भन्दै चर्को आन्दोलन, के भन्छ अस्पताल? मन्त्री पाण्डेमाथि लगाएको आरोपप्रति सांसद बजगाईंले मागे माफी आज बुधबार पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? पूर्वडीआईजी जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै घट्न थाल्यो काठमाडौंको तापक्रम, बढ्न थाल्यो चिसो विराटनगर किंग्सको जर्सी सार्वजनिक संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै