2026-07-05 11:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माधव नेपालसामु वामदेवले राखे यी चार प्रस्ताव

काठमाडौँ | नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी)लाई सक्रिय बनाउने भए आफ्ना पाँच प्रस्ताव लागु हुनुपर्ने बताएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सोमबारको भेटमा उनले आफ्ना प्रस्ताव सुनाएका हुन् ।

गौतमले पार्टीलाई सक्रिय बनाउन आफ्नो क्रियाशील भूमिका पनि माग गरेका छन् । उनले आफ्नो मात्र नभएर आफूसँग भएका नेताहरूको उचित व्यवस्थापनको माग गरेका छन् ।

गौतमले कुराकानीमा आफूले नेपालसँग राखेका प्रस्ताव यसरी सुनाए–
१. वरिष्ठ नेताको सक्रिय भूमिका हुँदैन, मलाई २४ सै घण्टा केही न केही गर्ने भूमिका दिनुपर्छ । कार्यक्षेत्रबिनाको नेता के गर्न चाहियो ? केही नभएको कार्यक्षेत्र लिएर काम गर्न सकिँदैन ।
२. पार्टीले गति लिन केन्द्रीय कमिटी पूर्णकालीन हुनुपर्छ ।
३. जनतालाई गोलबन्द गर्न सक्ने विचार अघि सानुपर्छ ।
४. समाजवाद हाम्रो तात्कालिक विषय बनाउन सक्नुपर्छ । देशका तीन क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्छ–
पहिलो, उत्पादन प्रणाली – सम्पूर्ण उत्पादन सामूहिक प्रणालीमा लैजानुपर्छ ।
दोस्रो, शासन प्रणाली – प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ ।
तेस्रो, पूर्ण समानुपातिक निर्वाचन प्रणाली – यिनले गतिशीलता पैदा हुन्छ । यति भयो भने पार्टी निर्माण गर्न सक्छौँ । यति भएन भने पार्टी निर्माण गर्न सकिँदैन, समय मात्रै बर्बाद हुन्छ ।

यसबारे माधव नेपालले पार्टीको विधानानुसार जिम्मेवारी हुने र बाँकी विषयमा छलफल गर्न सकिने बताएको उनले जानकारी दिए । नेता नेपालले फेरि छलफल गर्ने जवाफ गौतमलाई दिएका छन् ।

एकीकृत समाजवादीले गौतमलाई अध्यक्ष र सम्मानित नेता झलनाथ खनालपछि वरिष्ठ नेताको तेस्रो वरीयतासहित पार्टीमा आउन आग्रह गरेको छ । सोही विषयमा चरणबद्ध रूपमा छलफल हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै