Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बैतडी केन्द्रबिन्दु बनाएर आज बिहान गयो भूकम्प

By साझासवाल 1 मिनेट पढाइ

काठमाडौँ । बैतडी केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७: ५४ बजे भूकम्प गएको हो ।

बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र बताए । उनका अनुसार आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ ।