२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अस्ट्रेलियासँगको पहिलो टेस्टमा भारतको शानदार जित

१० मंसिर २०८१, सोमबार १४:१४

काठमाडौँ | भारतले अस्ट्रेलियाविरुद्धको बोर्डर–गाभास्कर ट्रफी अन्तर्गत पहिलो टेस्टमा २९५ रनको शानदार जित निकालेको छ। सोमबार पर्थमा भएको खेलको चौथो दिन अस्ट्रेलिया २३८ रनमा अलआउट भएपछि भारतले ५३४ रनको लक्ष्यसँगै सानदार जित दर्ता गरेको हो ।

यससँगै भारतले पाँच टेस्टको सिरिजमा १–० को अग्रता लिएको छ । अस्ट्रेलियाको इनिङ्स चौथो दिनको चिया सत्र लगत्तै समाप्त भएको थियो । यसअघिको तुलनामा अस्ट्रेलियाली ब्याटरले केही सुदृढ प्रदर्शन भने गरे । उसका लागि ट्रेभिस हेडले सर्वाधिक ८९ रन बनाए । उनी विपक्षी कप्तान जसप्रित बुमरहको बलमा विकेट पछाडि ऋषव पन्तद्वारा समातिए ।

यस्तै तल्लो क्रमका ब्याटर मिचेल मार्सले ४७ र एलेक्स केरीले ३६ रन बनाए । मार्स नितिशकुमार रेड्डीको बलमा बोल्ड भए । केरी पनि हर्षित रानाको बलमा बोल्ड भए । भारतीय बलरमध्ये बुमराह र मोहम्मद सामीले समान तीन तीन विकेट लिए । यस्तै वासिङटनले दुई र नितिशकुमार तथा हर्षितले एक विकेट हात पारे । अस्ट्रेलियाले तीन विकेट गुमाएर १२ रनबाट अगाडि खेल्न सुरु गरेको थियो ।

त्यसअघि पहिलो इनिङमा टस जितेर पहिले ब्याटिङ गरेको भारत १५० रनमा अलआउट भएको थियो । त्यसपछि अस्ट्रेलिया १०४ रनमा अलआउट भएपछि भारतले ४६ रनको अग्रताबाट दोस्रो इनिङ सुरू गरेको थियो ।

दोस्रो इनिङमा ४८७ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो । त्यसपछि अस्ट्रेलियाले ५३४ रनको लक्ष्य पाएको थियो ।

दोस्रो इनिङमा अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ८९ रन बनाए । त्यसैगरी मिचेल मार्शले ४७ रन बनाए । भारतका लागि जसप्रित बुमराह र मोहम्मद सिराजले ३-३ विकेट लिए । त्यस्तै वासिङ्टन सुन्दरले २ विकेट लिए भने हर्षित राना र नितिश रेड्डीले १-१ विकेट लिए ।

यसअघि भारतका लागि दोस्रो इनिङमा यशश्वी जैसवाल र विराट कोहलीले शतक बनाएका थिए । जैसवालले १६१ रन बनाउँदा कोहली १०० रनमा अविजित रहे । केएल राहुलले ७७ रन बनाए ।

अस्ट्रेलियाका नेथन लायनले २ विकेट लिँदा मिचेल स्टार्क, मिचेल मार्श, प्याट कमिन्स र जोश हेजलवूडले १-१ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव