१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अफगानिस्तानमा पाकिस्तानको आक्रमण : १५ जनाको मृत्यु, बदला लिने तालिवानको चेतावनी

१० पुष २०८१, बुधबार १३:११

तालिवान | पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । पाकिस्तानी तालिबानका संदिग्ध लुकेको क्षेत्रलाई निशाना बनाएर गरिएको आक्रमणमा महिला र बालबालिकासहित १५ जनाको मृत्यु भएको हो ।

आक्रमणबाट पाकिस्तानी तालिबान तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी)को तालिम केन्द्र ध्वस्त भएको पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले जनाएको छ । तर, पाकिस्तानी विमानहरू अफगानिस्तानमा कतिसम्म पुगे र कसरी आक्रमण गरे भन्नेबारे खुलाइएको छैन ।

मार्चयता दोस्रोपटक पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको हो ।

अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानी हवाई आक्रमणको निन्दा गरेको छ । काबुलले महिला र बालबालिकासहित सर्वसाधारणलाई निशाना बनाएर हमला गरिएको आरोप लगाएको छ । अफगानिस्तानले यसलाई अन्तर्राष्ट्रिय नियमको उल्लंघन भनेको छ ।

अफगानिस्तानले हवाई आक्रमणको जवाफ दिने बताएको छ। “आफ्नो मातृभूमिको रक्षा गर्नु हाम्रो अधिकार हो, हामी यो कायरतापूर्ण आक्रमणको अवश्य जवाफ दिनेछौँ,” अफगानिस्तानको रक्षा मन्त्रालयले भनेको छ ।
टीटीपीले सन् २०२२ देखि पाकिस्तानमा आक्रमणलाई तीव्र पारेको छ । पाकिस्तानमा आतंकवादी हमला गर्न पाकिस्तानी तालिबानले अफगानिस्तानको भूमि प्रयोग गरेको पाकिस्तानको आरोप छ । तर, अफगानिस्तानले पाकिस्तानको आरोपलाई अस्वीकार गर्दै आएको छ ।

सन् २०२१ मा अफगानिस्तानमा तालिवानको पुनरागमनसँगै पाकिस्तानी तालिबान (टीटीपी) बलियो भएको छ । टीटीपीले नोभेम्बर २०२२ मा पाकिस्तानसँगको युद्धविराम एकपक्षीयरूपमा समाप्त गरेको थियो । त्ययसपछि उनले पाकिस्तानमाथि आक्रमणलाई तीव्र बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का