१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अजरबैजान विमान दुर्घटना : विमान चरासँग ठोक्किएको प्रारम्भिक निष्कर्ष

११ पुष २०८१, बिहीबार १२:४८

काठमाडौँ | पश्चिमी कजाकिस्तानमा अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमानमा चरा ठोक्किएपछि दुर्घटना भएको प्रारम्भिक कारण बताइएको छ ।

कजाकिस्तानका अधिकारीहरूले बाकुबाट रूसको ग्रोज्नीका लागि उडेको एम्ब्रेयर १९० विमान क्यास्पियन सागरको पूर्वी किनारामा तेल र ग्यासको केन्द्र अक्टाउ शहर नजिकै बुधबार दुर्घटना भएको थियो । दुर्घटनाको प्रारम्भिक निष्कर्षमा चरा ठोक्किएको देखिएको बताइएको हो ।

मन्त्रालयले दुर्घटनाबाट २८ जनालाई सकुशल उद्धार गरेको जनाएको छ । जहाजमा ६२ जना यात्रु र पाँच जना चालक दलका सदस्यसहित ६७ जना सवार थिए ।

कजाख सञ्चारमाध्यमका अनुसार जहाजमा रहेका यात्रुमा अजरबैजानका ३७, रुसका १६, कजाकिस्तानका ६ र किर्गिस्तानका तीन जना नागरिक थिए ।

एमईएसले विमानमा आगो लागेको अवस्थामा ५२ जना कर्मचारी र ११ थान उपकरण पठाएको थियो । एम्ब्रेयर १९० विमान यसको क्याबिन कन्फिगरेसन अनुसार ९६ देखि ११४ यात्रु बोक्ने गरी डिजाइन गरिएको हो ।

यो विमान चार हजार पाँच सय किलोमिटरसम्म उड्न सक्छ । फ्लाइटअवेयरका अनुसार विमान बाकुबाट निर्धारित समयभन्दा ११ मिनेट अगाडि उडेको थियो । क्यास्पियन सागरमा उडान गर्दा यसले आपतकालीन सङ्केत जारी गर्‍यो ।

अजरबैजानी सञ्चारमाध्यमले कुहिरोका कारण ग्रोज्नीमा अवतरण गर्ने अनुमति प्राप्त गर्न नसकेको जनाएको छ । जसले गर्दा यसलाई मखाचकला र पछि अक्ताउमा पुर्‍याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का