२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन

२०८१, १२ पुष शुक्रबार ०८:५६

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ ।

अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा गएराति उपचारकोक्रममा निधन भएको भारतीय सञ्चामाध्यमले उल्लेख गरेका छन् ।

कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो। सिंह सन् २००४ देखि २०१४ सम्म भारतको

प्रधानमन्त्री बनेका थिए । पूर्व अर्थमन्त्रीसमेत रहेका सिंहलाई भारतको अर्थतन्त्रको योजनाकारसमेत मानिन्छ ।

मनमोहन सिंह भारतीय अर्थतन्त्र सुधार नायक मानिन्छ। उनको निधनको समयमा काँग्रेस वरिष्ठ नेतृ सोनिया गान्धी पनि अस्पताल पुगेकी थिइन्।

सन् १९९० को दशकमा भारतीय अर्थतन्त्र सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनी पिभी नरसिंह रावको नेतृत्वको सरकारमा सन् १९९१ देखि १९९६ सम्म अर्थमन्त्री भएका थिए। उनको समय आर्थिक उदारीकरण र समाजवादी अर्थतन्त्रको समयमा रूपमा लिइन्छ।

उनको कार्यकालमा सामाजिक रूपान्तरणका काम पनि धेरै भए। उनले ल्याएका केही सामाजिक सुधारका कार्यक्रम अहिले पनि उत्तिकै लोकप्रिय छन्।

राष्ट्रिय ग्रामीण रोजगारी सुरक्षा ऐन एकदमै लोकप्रिय थियो। सिंहकै नीतिका कारण सन् २००८ मा संसारका अन्य देशले आर्थिक मन्दीका चपेडामा पर्दा भारत उम्किएको थियो।

मनमोहन सिंह भारतका विद्धान र बौद्धिक नेताको रूपमा परिचित छन्। उनले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९६२ मा डी फिल गरेका थिए। उनी राजनीतिमा प्रवेश गर्नु अगाडि अध्यापन कार्यमा सक्रिय थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित शीर्ष नेताहरूले उनको निधनमा शोक व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित