१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन

१२ पुष २०८१, शुक्रबार ०८:५६

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ ।

अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा गएराति उपचारकोक्रममा निधन भएको भारतीय सञ्चामाध्यमले उल्लेख गरेका छन् ।

कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो। सिंह सन् २००४ देखि २०१४ सम्म भारतको

प्रधानमन्त्री बनेका थिए । पूर्व अर्थमन्त्रीसमेत रहेका सिंहलाई भारतको अर्थतन्त्रको योजनाकारसमेत मानिन्छ ।

मनमोहन सिंह भारतीय अर्थतन्त्र सुधार नायक मानिन्छ। उनको निधनको समयमा काँग्रेस वरिष्ठ नेतृ सोनिया गान्धी पनि अस्पताल पुगेकी थिइन्।

सन् १९९० को दशकमा भारतीय अर्थतन्त्र सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनी पिभी नरसिंह रावको नेतृत्वको सरकारमा सन् १९९१ देखि १९९६ सम्म अर्थमन्त्री भएका थिए। उनको समय आर्थिक उदारीकरण र समाजवादी अर्थतन्त्रको समयमा रूपमा लिइन्छ।

उनको कार्यकालमा सामाजिक रूपान्तरणका काम पनि धेरै भए। उनले ल्याएका केही सामाजिक सुधारका कार्यक्रम अहिले पनि उत्तिकै लोकप्रिय छन्।

राष्ट्रिय ग्रामीण रोजगारी सुरक्षा ऐन एकदमै लोकप्रिय थियो। सिंहकै नीतिका कारण सन् २००८ मा संसारका अन्य देशले आर्थिक मन्दीका चपेडामा पर्दा भारत उम्किएको थियो।

मनमोहन सिंह भारतका विद्धान र बौद्धिक नेताको रूपमा परिचित छन्। उनले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९६२ मा डी फिल गरेका थिए। उनी राजनीतिमा प्रवेश गर्नु अगाडि अध्यापन कार्यमा सक्रिय थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित शीर्ष नेताहरूले उनको निधनमा शोक व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का