१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना बाह्य प्राविधिक हस्तक्षेपका कारण भएको आरोप

१३ पुष २०८१, शनिबार १२:३५

एजेन्सी | अजरबैजान एयरलाइन्सले आफ्नो विमान दुर्घटना बाह्य प्राविधिक हस्तक्षेपका कारण बुधबार कजाकस्तानमा भएको दाबी गरेको छ ।

दुर्घटनामा एम्ब्रेयर विमान उच्च गतिमा खसेर अकताउ विमानस्थलको धावनमार्गबाट ३ किलोमिटर अगाडि नै आगो लागेर दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो। विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको थियो ।

विमानले सुरुमा दक्षिणी रुसको ग्रोज्नी एयरपोर्टमा अवतरण गर्ने प्रयास गरेको थियो।

रुसको नागरिक उड्डयन निकायका प्रमुखले शुक्रबार चेचन्याको राजधानीको अवस्था निकै जटिल रहेको र त्यहाँको हवाई क्षेत्र बन्द गरिएको बताए।

यो विमान दुर्घटनापछि अजरबैजान एयरलाइन्सले रुसका सात सहरको उडान स्थगन गरेको छ।

युक्रेनको गुप्तचर निर्देशनालयका प्रमुखले पनि यो विमान दुर्घटनामा रुसलाई दोष दिएका छन्।

एक अमेरिकी अधिकारीले बिहीबार सीएनएनलाई भने कि प्रारम्भिक संकेतहरूले रुसी एन्टी-एयरक्राफ्ट प्रणालीले यात्रु जेटलाई खसालेको हुनसक्छ। रोयटर्सले पनि अनुसन्धानको ज्ञानको साथ अजरबैजानका धेरै अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै रूसी वायु रक्षा प्रणालीले विमान खसालेको रिपोर्ट गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का