१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दक्षिण कोरियाको एयरपोर्टमा जेजु एयरको विमान दुर्घटना हुँदा २८ जनाको मृ-त्यु

१४ पुष २०८१, आईतवार ०८:४८

काठमाडौं । दक्षिण कोरियाको एयरपोर्टमा जेजु एयरको विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ ।

आइतबार थाइल्याण्डको बैंककबाट आउँदै गरेको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो |विमानमा सवार १८१ जना यात्रु मध्ये २८ जनाको दुर्घटनामा ज्यान गएको विदशे सञ्चारमाध्यमले जनाएका छन।

मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको जनाएको छ । त्यसपछि विमान धावनमार्गबाट ​​बाहिरिएर पर्खालमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

एजेन्सीका अनुसार विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए । विमान मुआन विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा २८ जनाको मृत्यु भएको पुष्टि भएको छ । विमान दुर्घटना नेपाली समय अनुसार बिहान ५:५७ बजे दक्षिण कोरियाको दक्षिण जेओलामा रहेको दक्षिण पश्चिम तटीय विमानस्थलमा भएको हो।

अन्यको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । दुर्घटनाको कारण स्पष्ट नभएपनि चरा ठोक्किएर वा अवतरण गियर बिग्रिएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का