काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।
कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार १८१ यात्रु बोकेको सो विमान दुर्घटना हुँदा कम्तीमा ४७ जनाको मृत्यु भएको जनाएको छ ।
आइतबार थाइल्याण्डको बैंककबाट आउँदै गरेको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो |
मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान धावनमार्गबाट बाहिरिएर पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो |
एजेन्सीका अनुसार विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए । विमान दुर्घटना नेपाली समय अनुसार बिहान ५:५७ बजे दक्षिण कोरियाको दक्षिण जेओलामा रहेको दक्षिण पश्चिम तटीय विमानस्थलमा भएको हो।
उद्धार कार्य जारी रहेको जनाउँदै सो समाचार एजेन्सीले थप विवरण आउन बाँकी रहेको जनाएको छ ।