१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा जहाज दुर्घटना: १७६ जनाको शव भेटियो, तीन जना बेपत्ता

१४ पुष २०८१, आईतवार १६:०३

काठमाडौँ | दक्षिण कोरियामा आइतबार बिहान दुर्घटना भएको जहाजमा सवार यात्रुहरूको खोजी र उद्धारकार्य अपराह्नसम्मै जारी छ।

दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले अहिलेसम्म १७६ जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको उल्लेख गरेका छन्।

जिओल्ला प्रान्तको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार स्थानीय समयअनुसार बिहानको ९:०७ बजे जेजु एयरको ७ सी २२१६ जहाज अवतरणका क्रममा दुर्घटना भएको थियो।

१७५ यात्रु र चालकदलका ६ सदस्य सवार जहाजको ल्याण्डिङ गियरमा खराबीका कारण दुर्घटना भएको भनेर दक्षिण कोरियाली समाचार संस्था योनहाप न्युजले लेखेको छ। भिडिओ फुटेजहरूमा पनि जहाजको पाङ्ग्रा निस्किएको देखिँदैन।

दुर्घटनालगत्तै दुई जनाको भने उद्धार गरिएको थियो। उनीहरू दुवै चालक दलका सदस्य रहेको बताइएको छ। उनीहरूलाई उद्धारलगत्तै अस्पताल लगिएको थियो। दुवै जना खतरामुक्त रहेको पनि योनहापले लेखेको छ।

दुई जनाबाहेक अब कोही पनि जिवित फेला नपर्ने उद्धारकर्मीहरूले बताएका छन्। यद्यपि ३ जना अझै पनि नभेटिएको योनहाप न्युजले उल्लेख गरेको छ।

भेटिएकामध्ये शरीरको अधिकांश भाग जलेका कारण ९ वटा शव महिलाको कि पुरूषको भन्ने समेत पहिचान गर्न नसक्ने अवस्थामा रहेको सिएनएनको समाचारमा उल्लेख छ।अरू शव पनि पहिचान गर्न नसकिने अवस्थामा छन्। जेजु एयरले मृतकका आफन्तहरूसँग दुर्घटनामा परेका यात्रुका अन्य विवरण मागेका छन्।

बाँकी यात्रुको खोजीपछि जहाजको ब्ल्याक बक्स खोजिने त्यहाँका अधिकारीहरूले बताएका छन्। दुर्घटनापछि कार्यवाहक राष्ट्रपति चोइ स्याङ मक पनि विमानस्थल पुगेर त्यहाँको अवस्था बुझेका थिए।

जहाज के कारणले दुर्घटना भयो भन्नेबारे जाँच कमिटी बनाइने दक्षिण कोरियाका भूमी मन्त्रीले पत्रकार सम्मेलनमा बताएका छन्।

मन्त्रालयले विमान दुर्घटनाको छानबिन र कारण पत्ता लगाउन ६ महिना देखि ३ वर्षसम्म लाग्न सक्नेपनि बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का