२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा जहाज दुर्घटना: १७६ जनाको शव भेटियो, तीन जना बेपत्ता

२०८१, १४ पुष आईतवार १६:०३

काठमाडौँ | दक्षिण कोरियामा आइतबार बिहान दुर्घटना भएको जहाजमा सवार यात्रुहरूको खोजी र उद्धारकार्य अपराह्नसम्मै जारी छ।

दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले अहिलेसम्म १७६ जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको उल्लेख गरेका छन्।

जिओल्ला प्रान्तको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार स्थानीय समयअनुसार बिहानको ९:०७ बजे जेजु एयरको ७ सी २२१६ जहाज अवतरणका क्रममा दुर्घटना भएको थियो।

१७५ यात्रु र चालकदलका ६ सदस्य सवार जहाजको ल्याण्डिङ गियरमा खराबीका कारण दुर्घटना भएको भनेर दक्षिण कोरियाली समाचार संस्था योनहाप न्युजले लेखेको छ। भिडिओ फुटेजहरूमा पनि जहाजको पाङ्ग्रा निस्किएको देखिँदैन।

दुर्घटनालगत्तै दुई जनाको भने उद्धार गरिएको थियो। उनीहरू दुवै चालक दलका सदस्य रहेको बताइएको छ। उनीहरूलाई उद्धारलगत्तै अस्पताल लगिएको थियो। दुवै जना खतरामुक्त रहेको पनि योनहापले लेखेको छ।

दुई जनाबाहेक अब कोही पनि जिवित फेला नपर्ने उद्धारकर्मीहरूले बताएका छन्। यद्यपि ३ जना अझै पनि नभेटिएको योनहाप न्युजले उल्लेख गरेको छ।

भेटिएकामध्ये शरीरको अधिकांश भाग जलेका कारण ९ वटा शव महिलाको कि पुरूषको भन्ने समेत पहिचान गर्न नसक्ने अवस्थामा रहेको सिएनएनको समाचारमा उल्लेख छ।अरू शव पनि पहिचान गर्न नसकिने अवस्थामा छन्। जेजु एयरले मृतकका आफन्तहरूसँग दुर्घटनामा परेका यात्रुका अन्य विवरण मागेका छन्।

बाँकी यात्रुको खोजीपछि जहाजको ब्ल्याक बक्स खोजिने त्यहाँका अधिकारीहरूले बताएका छन्। दुर्घटनापछि कार्यवाहक राष्ट्रपति चोइ स्याङ मक पनि विमानस्थल पुगेर त्यहाँको अवस्था बुझेका थिए।

जहाज के कारणले दुर्घटना भयो भन्नेबारे जाँच कमिटी बनाइने दक्षिण कोरियाका भूमी मन्त्रीले पत्रकार सम्मेलनमा बताएका छन्।

मन्त्रालयले विमान दुर्घटनाको छानबिन र कारण पत्ता लगाउन ६ महिना देखि ३ वर्षसम्म लाग्न सक्नेपनि बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार